गलकोटको देवालय विद्यालयमा १२ शैयाको क्वारेन्टाइन

38

सरिता खत्री
बागलुङ (गल्कोट), १३ चैत
कोरोना भाईरस संक्रमणकोे पूर्वसतर्कता अन्तर्गत बागलुङको गलकोट नगरपालिका–१ को देवालय प्राथमिक बिद्यालयमा बिहिबार क्यारेन्टाईन निर्माण गरिएको छ ।
गलकोट उद्योग बाणिज्य संघ, नेपाल आर्मी र नेपाल प्रहरीको टोलीले क्वारेन्टाइन निर्माण गरिरहेको हो ।
गलकोट नगरपालिकाले गलकोट उद्योग बाणिज्य संघसगको सहकार्यमा क्यारेनटाईनमा आवश्यक खाट, बिस्तारा सेट, पानी ट्याङ्की लगाएतका आवश्यक सामाग्री ब्यबस्थापन गरेको गलकोट नगरपालिकाकी उपप्रमुख रेनुका काउचाले जनाकारी दिनुभयो ।


भाईरसको संक्रमण रोकथामको लागी सचेतना अभियानसंगैं क्वारेन्टाईनको ब्यबस्थापन गरिएको काउचाको भनाई छ । १२ शैयाको क्वारेनटाईनको लागीको आवश्यक सबै सामाग्री व्यवसायि, ब्यक्ती तथा समाजिक सस्थाले स्वतस्फुर्त रुपमा उपलब्ध गराएको गलकोट उद्योग बाणिज्य संघका अध्यक्ष बिरेन्द्र श्रेष्ठले जनकारि दिनुभयो ।
गलकोटको अन्य स्थानमा समेत क्वारेन्टाईन निर्माण गर्नुपर्ने सम्भावनालाई मध्यनजर गरि सहयोग संकलन गरिएको संघले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here