कोरोना संक्रमणको लक्षण देखिएमा निःशुल्क एम्बुलेन्स सेवा

135

बागलुङ, १३ चैत ।
बागलुङको काठेखोला गाउँपालिकाले कोरोना भाइरस संक्रमित शंकास्पद विरामीको लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । शंकास्पद विरामीको उपचारको लागि सहज, छिटा,े छरितो स्वास्थ्य सुविधा प्रदान गर्न एम्बुलेन्स सेवा संचालनमा ल्याएको हो ।
भाइरसको संक्रमणको लक्षण देखिएको विरामीलाई स्वास्थ्य चौकीको सिफारिसमा निःशुल्क सेवा प्रदान गरिने गाउँपालिकाका अध्यक्ष अमर थापाले बताउनुभयो । अन्य विरामीले भने एम्बुलेन्सको नियमानुसार भाडा तिर्नुपर्नेछ ।
गाउँपालिका अध्यक्ष थापाले एम्बुलेन्स सेवाको लागि ९८५७६२६२११ र ९८६३७९६९९९ मा फोन गर्न आग्रह गर्नुभएको छ ।
नेपाल रेडक्रस सोसाईी बिहुँकोट शाखाले संचालन गर्दै आएको एम्बुलेन्स प्रयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम विश्वकर्माले जानकारी दिनुभयो । उहाँले कोरोना भाइरसको संक्रमणको अन्त्य नहुँदासम्मको लागि एम्बुलेन्स गाउँपालिकाको व्यवस्थापनमा संचालन गरिने बताउनुभयो ।
गाउँपालिकाले सवै वडामा दैनिक मजदुरी नगरी गाँसको व्यवस्था नहुने विपन्न मजदुरहरुको लागि खाद्यान्न सहयोग सुरु गरेको छ । वडा कार्यालयहरुलाई डाटा संकलन गर्न आग्रह गरेर गाउँपालिकाले चामाल, नुन, दाल लगायतका खाद्यान्न सहयोग गरेको हो ।
यस्तै विदेशबाट घरमा आएका गाउँपालिका भित्रका सम्पूर्ण युवाहरुलाई १५ दिनसम्म होम आइसोलेसनमा बस्न आग्रह गर्दै लकडाउन अवधिभर घरबाट बाहिर हिडँडुल नगर्न आग्रह गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here