धौलागिरी अञ्चल अस्पतालले फोनबाटै स्वास्थ्य परामर्श दिने (नम्बरसहित)

179
धौलागिरी अञ्चल अस्पताल, बागलुङ

बागलुङ, १३ चैत ।
कोरोना भाइरसबारे जानकारी लिन चाहनेका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङले हेल्लो डाक्टर अन कल फोन नम्बर उपलब्ध गराएको छ ।
बुधबार अञ्चल अस्पतालले आफ्नो फेसबुक पेज मार्फत कोरोनाको माहामारी रोक्न सहयोग पु¥याउनको लागि अस्पतालको बहिरंग सेवा बन्द गरि आकस्मिक सेवा नियमित रुपमा सुचारु ग्रिएकोले यस्तो अवस्थामा अतिआवश्यक स्वास्थ्य सल्लाहको लागि चिकित्सकसँग परामर्श लिनको लागि हटलाईन नम्बर सहित डाक्टरहरुको सम्पर्क नम्बर उपलब्ध गराएको जनाएको छ ।
अस्पतालले हटलाइन सेवा ९८५७६२५३३९ नितान्त रुपमा अत्यावश्यक चिकित्सकीय परामर्शको लागि रहेको जनाउँदै अन्य जानकारीको लागि आधिकारिक चार जना डाक्टरहरुसँग सम्पर्क गर्न अनुरोध गर्दै मोबाइल नम्बर दिएको छ ।
अस्पतालले स्वास्थ्य सम्बन्धि सल्लाहको लागि डा. अजय पोखरेल ९८६८८३९८२९, डा. आकाश चित्रकार ९८१९१५५१६४, डा. सचिन कोइराला ९८४६६४७३७५, डा. धिरेन्द्र पौडेल ९८५११७८७९१ म सम्पर्क गर्न आग्रह गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here