मुक्तिनाथ अस्पताललाई नगरपालिकाको स्पष्टिकरण

66

बागलुङ, १२ चैत ।
बागलुङ नगरपालिका बागलुङले कोरोनाको जोखिम र संकट बढ्दै गइरहेका बेला मंगलबार सूचना टाँस गरी अचानक बन्द भएको मुक्तिनाथ अस्पताललाई स्पष्टिकरण सोधेको छ ।
सदरमुकाम बागलुङ बजारमा २४ सै घण्टा स्वास्थ्य सेवा दिने उद्देश्यले सञ्चालित अस्पताल मंगलबार दिउसो सुचना टाँस गरेर दुई तीन दिनका लागि भन्दै बन्द गरिएको थियो ।
कोरोनाका कारण देश पुरै लक डाउन भएको र स्वास्थ्य क्षेत्रलाई अत्यावश्यकीय क्षेत्रको रुपमा रहेको र त्यस्तो क्षेत्र बन्द गर्न नगर्न गरेको आग्रह विपरित अस्पताल नै बन्द गरेकाले कारण सहित २४ घण्टा भित्र स्पष्टिकरण पेश गर्न पत्राचार गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डपाणी शर्माले जानकारी दिनुभयो ।
अस्पताल जस्तो संवेदनशिल क्षेत्र यस्तो संकटको घडीमा सूचना टाँस गरेर बन्द गर्नु गैर जिम्मेवारीपूर्ण कार्य भएकाले स्पष्टिकरण सोधिएको नगरपालिकाका मेयर जनकराज पौडेलले बताउनुभयो ।
निमिक्त प्रमुख प्रशासकीय अधिकृत दण्डपानी शर्माले बुधबार मुक्तिनाथ अस्पताल तथा रिसर्ज सेन्टर प्रालिको नाममा पत्र काट्दै ‘पत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र स्पष्ट बिवरण पेस गर्न निर्देशन दिनुभएको छ ।
मुक्तिनाथ अस्पतालले कोरोनाको जोखिम बढ्दै गएको परिवेशमा स्वास्थ्य सामग्री नभएको र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले असुरक्षित भएको बताउँदै केही दिनका लागि अस्पताल बन्द गर्ने सटरमा सुचना टाँस गरेर बन्द गरेको थियो । तर, सञ्चार माध्यम, सामाजिक सञ्जालमा तिव्र आलोचना भए पछि बन्द गरेको केही घण्टामा खुलाइएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here