बागलुङे युवाले गरे म्याग्दीका विपन्नलाई खाद्यान्न साम्रागी सहयोग

43

हरिकृष्ण गौतम
म्याग्दी, १२ चैत ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीले दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्ने र आर्थिक अवस्था कमजोर भएकालाई हातमुख जोड्न नै धौ–धौ परेको अवस्थालाई जापानमा रहेका बागलुङका पाँच यूवाले म्याग्दीका विपन्नलाई खाद्यान्न साम्रागी सहयोग गर्नुभएको छ। म्याग्दीमा लकडाउनका कारण दैनिक ज्यालादारी मजदूरहरुको अवस्था दयनीय बन्दै जान थालेपछि भोकभोकै पर्ने अवस्थालाई मध्यनजर गरी बागलुङका पाँच जना यूवाले म्याग्दीका विभिन्न बस्तीमा रहेका केही विपन्नलाई खाद्यान्न सहयोग गरेर अभियानको सुरुवात गनूभएको हो ।


बागलुङ गलकोट घर भई हाल जापानमा रहनुभएका तोरण गैर, सञ्जिव कँडेल, बागलुङ नगरपालिका–२ का विशाल पौडेल, बागलुङ लहरेपीपलका गणेश पौडेल र सौरव पौडेलले बेनी नगरपालिका–२ ज्यामरुककोटको गौस्वाँरा, फापरखेत, भकुण्डेका २० घरपरिवारलाई प्रति परिवार ८ सय २० रुपैयाँको दरले १० किलो चामल, १ पोका दाल र २ पोका नुन वडा अध्यक्ष हिराबहादुर थापा, समाजसेवी भिमबहादुर पौडेल, यामबहादुर कार्कीले हस्तान्तरण गर्नुभएको थियो ।


त्यस्तै बेनी नगरपालिका–३, भकिम्लीको हल्लेगौँडाको अपांगता एवं सुस्त मनस्थितिकी कमारी रोकालाई दुई हजारको एक बोरा चामल, दाल र तेल, रने कामी र मनबहादुर कामीलाई एक बोरा चामल वडा सदस्य गेमबहादुर घर्तीले हस्तान्तरण गर्नुभयो । यता बेनी नगरपालिका–६, का बास्बोटका अपांगता एवं सुस्त मनस्थितिका ६५ बर्षिय धर्मदत्त सुबेदीलाई १५ सय बराबरको खाद्यान्न र बेनपा–५ भीरमुनी खहरेखोलाका कमलबहादुर खत्रीलाई २५ सयको खाद्यान्न साम्रागी म्याग्दीमा अधिबक्ता ठाकुरप्रसाद आचार्यले हस्तान्तरण गर्नुभएको छ ।

रोजगार र ब्यापारको सिलसिलामा बागलुङबाट जापान गएका पाँचजनै यूवाले प्रति ब्यक्ति १० हजार सहयोग गरेका थिए । उक्त सहयोगबाट बाँकी रहेको रकमले मंगला गाउँपालिका–१ पूर्णगाउँ र बेनपा–६ नेपानेका विपन्न परिवारलाई सहयोग गरिने छ । म्याग्दीका पत्रकार हरिकृष्ण गौतमको संयोजनमा उक्त साम्रागी वितरण गरिएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here