भारतको हैदराबादबाट फर्किएका एक व्यक्तिको पोखरामा मृत्यु

126

पोखरा, १२ चैत ।
भारतबाट फर्किएर क्वारेन्टाइनमा रहेका एक व्यक्तिको पोखरामा मृत्यु भएको छ ।
भारतको हैदराबादबाट फर्किएर होम क्वारेन्टाइनमा बसेका रुपा गाउँपालिका निवासी ५० बर्षिय एक व्यक्तिको उपचार पश्चिमाञ्चल १२ दिनअघि भारतबाट आए पनि उनलाई हिजो मंगलबारबाट क्वारेन्टाइनमा राखिएको रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेलले बताए ।
मुटुको रोग र कलेजोमा पानी जमिराखेको भन्ने थियो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोखरेलले भने–‘क्वारेन्टाइनमा राखिएपनि थप उपचारको लागि पश्चिमाञ्चल अस्पताल पोखरा ल्याउने क्रममा मृत्यु भएको हो ।
मृत्युको कारण बारेमा अहिले भन्न नसकिने अस्पतालका निर्देशक अर्जुन आचार्यले बताए । उनले के कारणले मृत्यु भएको भन्ने रिपोट आएपछि मात्र थाहा हुने बताउँदै थप जानकारी आउन बाँकी रहेको जानकारी दिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here