
बागलुङ, ११ चैत्र ।
बागलुङको एउटा अस्पतालले कोरोना भाईरसको सुचना टाँसेर उपचार सेवा बन्दा गरेको छ ।
बागलुङ बजारमा रहेको मुक्तिनाथ हस्पिटलले विश्वभर फैलिएको कोरोना भाईरसको कारणले सुरक्षाको उपायहरु नभएको भन्दै बन्द हुने कुरा पोस्टरमा जनायको छ । अस्पतालले अर्को सूचना जारी नगर्दा सम्ममा बन्दा हुने जनायको छ ।
मुक्तिनाथ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका सञ्चालका चिरञ्जीवी गौतमका अनुसार अस्पताललाई तत्काल आईसोलेसन वार्डमा रुपान्तरण गरी कोरोनाको त्रास सामान्य नहुँदासम्म सम्बन्धित निकायलाई दिने योजना अनुसार आईसोलेसन कक्ष तयारीका लागि दिउँसो केही समय अस्पताल बन्द गरिएको हो । अहिले खुलेको छ, बाहिर सूचना कस्ले टाँस्यो भन्नेबारे खोजी भईरहेको छ ।










