धौलगिरी अञ्चल अस्पतालमा आए ५ थान पिपिई

बागलुङ, ११ चैत्र ।
बागलुङमा डाक्टरको सुरक्षाको लागि ५ थान पिपिइ उपलव्ध भएको छ । बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले गण्डकी प्रदेश मार्फत पिपिइ मगाएको जानकारी दिए । बागलुङमा कोरोनाको आसंखाका विरामी बढेपनि चेक गर्न डाक्टरको सुरक्षा सामाग्रीको अभाव भएपछि चेक गर्न सकिएको थिएन् । नगरप्रमुख पौडेलले सुरक्षा सामाग्री जसरीपनि पठाईदिन मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङलाई अनुरोध गरेपछि आज साझ अस्पतालमा पिपिइ आएको हो ।
साथै अस्पतालमा अति आवस्यक पर्ने माक्स लगाएतका सामाग्री भोलि सम्ममा आईपुग्ने अस्पताल स्रोतले जानकारी दिएको छ ।

त्यस्तै पिपिइको अभावले कोरोना प्रभावि युवति संगै आएकी बाग्लुङ नगरपालिका ३ र ४ कि महिलाको नमुना संकलन भोलि विहान मात्र हुने कुरा धौलागिरी अञ्चल अस्पतालका डाक्टर पुजल वल्ल ले जानकारी दिनु भयो ।
उहाले भन्नुयो उनी बिरामी रहेको जानकारी गराएको भएपनि पिपिइको अभावमा कोरोना परीक्षणका लागि नमुना संकलन गर्न कठिन भएको हो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here