ढोरपाटनका युवालाई होम क्वारेन्टाईनमा राखिने

बागलुङ चैत्र ११ ।
कोरोना संक्रमित युवति सैगै फर्किएका ढोरपाटनका युवाको घरमा पुगेर ढोरपाटन नगरपालिकाका नगरप्रमुख र डाक्टर सहितको टोली भरखरै बुर्तिबाङ फर्किएको छ ।

हालसम्म युवामा कुनै लक्षण देखिएको छैन । उनी स्वस्थ्य रहेको पाईएको छ । उनको दुई घर भएको हुँदा छुट्टै घरमा बस्न भनी टोली फर्किएका जानकारीमा आयो । एक साता सम्म उनलाई होम क्वारेन्टाईनमा राखिने नगरप्रमुख देव बहादुर नेपालीले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here