बागलुङमा अति आवश्यक बाहेक सम्पूर्ण पसलहरु २१ गतेसम्म बन्द

बागलुङ, १० चैत ।
बागलुङमा अति आवश्यक बाहेक सम्पूर्ण पसलहरु आजदेखि २१ गतेसम्म बन्द गरिने भएको छ ।
बागलुङ उद्योग बाणिज्य संघ र जिल्ला स्थित वस्तुगत संघहरुको आज बिहान बसेको संयुक्त बैठकले कोरोना भाईरसको सन्त्रास बढ्दै गइरहेको अवस्थालाई मध्यनगर गर्दै अतिआवश्यक पसल बाहेक अन्य सम्पूर्ण उद्योग पसलहरु बन्द गर्ने निर्णय गरेको हो ।
संयुक्त बैठकले ६ बुद्दे प्रेस विज्ञप्ती जारी गर्दै नेपाल सरकार, गण्डकी प्रदेश लगायतको आव्हानमा अति आपत्तकालिन अवस्था देखिएकोले अति आवश्यक खाद्य सामाग्री, मासुजन्य, दुधजन्य, पानी, औषधी तथा सरसफाईका सामाग्री, तरकारी, ग्याँस, डिजेल, पेट्रेल, मट्टीतेल लगायतका सामाग्रीहरु बाहेकका अन्य सबै प्रकारका उद्योग तथा पसलहरु चैत २१ गते सम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको उद्योग बाणिज्य संघका महासचिव नरेश कंडेलले जानकारी दिनुभयो ।
संघले महामारीको अवस्थामा व्यवसाय बन्द गर्नुपर्ने भएकाले सो अवधिको घरभाडा मिनाह एवं छुट गर्न घरधनीहरुलाई अनुरोध गर्ते र घरबहाल करमा छुट दिनका लागि समेत सम्बन्धित निकायलार्य अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै आपत्तकालिन अवस्था अवधिको बैंक तथा वित्तिय संस्थाको व्याजदर, कमगर्न, किस्ता भुक्तानी अवधी थप गर्न, चैत्र मसान्तसम्म तिर्नुपर्ने करको समावधी थप गर्नुपर्ने, विद्युत महशुलको न्यूनतम शुल्क मिनाह गर्न, लगायतका विषयमा उपभोक्ता एवं व्यवसायी मेत्री सहयोगी कार्यक्रम ल्याउन स्थानीय तह, प्रदेश र संघीय सरकारसँग अपिल गर्ने निर्णय गरेको छ ।
यस्तै अति आवश्यक सामाग्रीहरु, मास्क, सरसफाईका सामाग्रीहरु विक्री वितरण गर्ने, मास्क, सरसफाईका सामाग्रीहरु बिक्री वितरण गर्ने व्यवसायीहरुले स्पष्ट रुपमा बुझिने र देखिने गरी पसलमा सम्र्पक नं. सहितको सूचना टाँस गरी आफुसँग रहेको जानकारी गराउने निर्णय गरेको छभने अति आवश्यक सामाग्री उत्पादन, बिक्री वितरण गर्ने उद्योग तथा पसलहरु आफू सुरक्षित रहेर सामाग्रीहरु सहज रुपमा विक्री वितरण गर्न अनुरोध गर्ने निर्णय गरेको संघको महासचिव कंडेलले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here