धौलागिरी अञ्चल अस्पतालमा ‘आइसोलेशन वार्ड’ निर्माणाधिन

सिर्जना कार्की
बागलुङ, ९ चैत ।
धौलागिरी अञ्चल अस्पताल बागलुङमा ‘आइसोलेशन वार्ड’को स्थापना थालिएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमित भेटिएमा स्वास्थ्य परीक्षण गर्न अञ्चल अस्पतालमा छुट्टै श्यायाको व्यवस्था निर्माण थालिएको हो ।
अस्पतालको ‘बि’ ब्लकमा चार जनाको क्षमताको सुविधासम्पन्न आइसोलेशन वार्डको निर्माणकार्य भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ रोग अधिकृत देवप्रकाश घिमिरले जानकारी दिनुभयो । भाइरसको संक्रमणबाट बच्नका लागि उच्च सतर्कता अपनाउँदै संक्रमण देखिए अस्पतालमा छुट्टै राखेर उपचार गर्ने व्यवस्था मिलाएको उनले बताए ।
यस्तै अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयको आईतबार बसेको संयुक्त बैठकले अस्पतालमा हेल्थ डेक्स (स्वास्थ्य सहायता कक्ष)को स्थापना गरेको छ । आईतबारदेखि नै हेल्प डेक्सबाट काम सुरु गरिएको छ ।

अस्पतालमा सोमबार विहान नेपाली सेनासँगको सहयोगमा फिबर क्लिनिक स्थापना गरिने भएको छ । आईतबार बसेको बैठकले अस्पतालमा आउने विरामीहरुलाई हेल्थ डेक्समा एउटा लाईनबाट सेवा प्रदान गर्ने र संकास्पदलाई फिबर क्लिनिक र अरुलाई इर्मेजेन्सिमा उपचार गराउन पठाइने निर्णय गरिएको छ ।
अस्पतालले भर्ना भएका विरामी भेटन लर्को लागेर नआउन र भिडभाड नगर्न समेत सवैलाई अनुरोध गरेको छ । यस्तै अस्पताल आउने विरामीहरुलाई सकेसम्म एकलै र नसकेमा एक जना मात्र सहयोगी ल्याएर आउन अनुरोध गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here