
बागलुङ, ६ चैत ।
बागलुङको ढोरपाटन नगरपालिका–७ का ढोरपाटनमा घरायसी विवादमा श्रीमानले फलामको गैची प्रहारी गरी श्रीमतिको हत्या गरेका छन् ।
बुधबार राती ९ बजे ढोरपाटनका ६२ वर्षीय देविराम विकले ५० वर्षीया श्रीमती गौरा विकलाई फलामको गैचीले टाउकोमा प्रहार गर्दा घटना स्थलमै मृत्यु भएको हो ।
श्रीमतीलाई हतियार प्रहार गरी हत्या गरेको सूचनाको आधारमा घटनास्थल पुगेको प्रहरी चौकी ढोरपाटनको टोलीले बिहीबार विहान देविरामलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाएको छ ।
अत्याधिक मादक पदार्थ सेवन गरेका देविरामले सामान्य घरायासी विवादको क्रममा श्रीमतीलाई गैंची प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिनुभयो ।
मृतक गौराको शव प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा पोष्टमार्टम गरि बुहारी कल्पना विकलाई बुझाईएको प्रहरीले जानकारी दिएको छ ।










