
म्याग्दी, ५ चैत ।
धवलागिरी गाउँपालिका–१, गूर्जामा अवस्थित जनकल्याण माविकी सिता छन्त्याल करिव सात घण्टा पैदलयात्रा हिडेर परीक्षाको केन्द्रमा आईपुगिन् । गाउँबाट खेल खेल्न हिउँ पन्छाएर बाटो खुलाउँदै शिक्षक र साथीहरुसँग हतार–हतारमा ज्ञान देवी विक, लजिम छन्त्याल लगायतका विद्यार्थीले गूर्जादेखि लुलाङको जंगलमा हिउँलाई काट्दै ट्याक बनाएर परीक्षा दिन आएको विद्यालयका प्रधानाध्यापक रुपेश सुबेदीले बताए ।
उनले विद्यार्थीले बाटोमा जोखिम खेप्नुपरेको बताए । लुलाङ र गुर्जाको सिमानामा पर्ने देउराली लगायत आसपासका जंगलमा हिउँ जमेर हिँड्न नसक्ने भएपछि पन्छाउँदै जोखिम मोलेर सिवाङ आइपुगेका विद्यार्थीले परीक्षा स्थगित खवर पाएपछि निराश भएको गूर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए । ‘विद्यार्थीले अनावश्यक दुख पाए,‘अन्यौलमा परिएको छ’ उनले भने ।

हेम मावि सिवाङको परीक्षा केन्द्रमा सहभागी हुनविद्यालयका २३ विद्यार्थी र शिक्षकसहित पुगिसकेको जानकारी पाएको केही समयमै स्थगित भएको खवर आएको वडा अध्यक्ष छन्त्यालले बताए ।
गूर्जा म्याग्दी जिल्लाकै अति विकट बस्ती हो । म्याग्दीमा यसबर्ष २१ सय ९७ विद्यार्थी परीक्षामा सहभागी हुने तयारीमा थिए । जसमा छात्रा ११ सय १० र छात्र १ हजार ८७ जना रहेको थिए भने ग्रेड बृद्धि १७ जना र खुल्ला विद्यालयतर्फ १६ जना रहेको जनाइएको छ । तस्वीर रासस










