
बागलुङ, ५ चैत ।
पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान संचालन गरेको नेपाल कम्युनष्टि पार्टी (नेकपा) बागलुङ नगर कमिटीले बुधबार एकै दिन ६ वटा वडा बैठक सम्पन्न गरेको छ ।
अभियानको दोस्रो बानपा–८ बाहेकका अन्य वडामा बैठक सम्पन्न भएको हो । बुधबार बानपा–१ देखि ७ वडामा वडा कमिटी बैठक सम्पन्न भएका थिए । बैठकले वडा भित्र चैत्र ८ गतेदेखि जनभेटघाट तथा सम्बन्ध विस्तार अभियान संचालन गर्ने निर्णय गरेको छ ।
१० गतेसम्म टोल कमिटी गठन, १५ गतेसम्म टोल कमिटी बैठक र सदस्यता नवीकरण तथा कोरोना विरुद्धको जागरण अभियान संचालन गर्ने निर्णय नेकपा नगर कमिटी अध्यक्ष धनबहादुर परियारले जानकारी दिनुभयो ।
बानपा–९ को बैठकमा जिल्ला कमिटी सदस्य गणेश थापा, नगर कमिटी अध्यक्ष धनबहादुर परियार, १० मा कार्यालय सदस्य कृष्ण पाठक र विजय थापा, बानपा ११ मा रेशम थापा, बानपा १२ का केन्द्रीय सदस्य बलावती शर्मा र भोजराज शर्मा, बानपा–१३ मा यज्ञबल्भ शर्मा र रुद्र पौडेल र बानपा–१४ मा सुजन परियार र इन्द्र केसीले पार्टी अभियानबारे जानकारी गराउनुभएको थियो ।
अभियानमा केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, भुगोल इन्चार्ज र सहईन्चार्ज, जिल्ला कमिटी सदस्य, नगर कमिटी, वडा कमिटीका पदाधिकारी तथा सदस्य परिचालित छ ।










