कालिगण्डकी दोहोन रोक्न राष्ट्रिय युवा संघ र अनेरास्ववियू बागलुङको माग

बागलुङ, २ चैत ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङका दुई भातृ संगठनले कालीगण्डकी नदी दोहन रोक्न माग गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू बागलुङले आईतबार संयुक्त विज्ञाप्ती जारी गर्दै बागलुङ र पर्वत जिल्ला खण्डमा पर्ने कालीगण्डकी कोरिडोर र मध्यपहाडी लोकमार्गलाई असर पार्ने र प्राकृतिक सम्पदाको मनपरि दोहन गरि प्राकृतिक संरचनामा खलबल बनाई प्रकोप तथा विपत्तिको शंकट निम्ताउने गरी दोहन भएकोप्रति ध्यानाकर्षण जनाएका हुन ।
राष्ट्रिय युवा संघ नेपालका जिल्ला संयोजक रेशम घर्ती मगर र अनेरास्ववियू बागलुङका सह–संयोजक शेखर खडकाले जारी गरेको विज्ञाप्तीमा राज्यको सम्पतिमा लुट मच्चाउने र भोलीका पुस्ताको भविष्यमाथि संकट सिर्जना गर्ने गरी भएको कालीगण्डकीको दोहन प्रति घोर विरोध गर्दै गैरजिम्मेवार, अनैतिक, अनियन्त्रित दोहनलाई रोकी कानुनी दायरामा ल्याउन जोडदार माग गरिएको छ ।
कालीगण्डकी दोहनबारे नेकपाबाट निर्वाचित सांसदहरुले संसदमा गंभिरतापुर्वक आवाज उठाउदा ठेकेदारले धम्की आउनु, पार्टीका जिम्मेवार नेता कृष्ण पाठकले विभिन्न माध्यमबाट यस विषयमा आवाज उठाउदा जिम्मेवार निकायबाट धम्की आउनु आपत्तिजनक विषय विज्ञाप्तीमा उल्लेख गरिएकोे छ ।
दोहनको बारेमा पटक–पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित अधिकारी कानमा तेल हालेर, आँखामा पट्टी बाधेर बस्नुले हामीलाई थप आशंका पैदा भएको उल्लेख गरिएको छ । राज्यको सम्पत्ति ब्रह्मालुट हुँदा सम्बन्धीत निकाय मौन रहे चुप लागेर बस्न नसक्ने जानकारी यसै विज्ञप्तीमा जनाइएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here