४५ जना युवालाई स्वरोजगार तालिम

अनिश खाती
बागलुङ, २ चैत ।
बागलुङ नगरपालिका वडा नम्बर ७ ले ४५ जना युवालाई स्वरोजगार तालिम दिएको छ ।
वडा कार्यालयले वडाभित्रका युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले ड्राईभिङ तालिम दिएको हो । माघ २४ गतेदेखि सुरु भएको तालिमको शनिबार सम्पन्न भएको छ ।
शनिबार तालिमको समापन कार्यक्रममा बोल्दै वडाअध्यक्ष खगराज पाण्डेले स्थानिय सरकारले युवाहरुको बढ्दो विदेश मोहलाई अन्त्य गर्नको लागि स्वदेशमै केहि गर्नको लागि तालिम दिनुपर्ने उद्देश्यले तालिम प्रदान गरेको बताउनुभयो । उहाँले तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्नको लागि प्रशिक्षार्थीहरुलाई अनुरोध गर्नुभएको थियो ।


बागलुङ नगरपालिकाबाट ३ लाखको सहयोग र प्रत्येक सहभागीबाट १५ सय गरी ३ लाख ६७ हजार ५ सय रुपैयाँमा ३५ दिन सम्म कालिका ड्राइभिङ्ग स्कुलमा तालिम दिइएको थियो । समापन कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख शिवबहादुर पाठकले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बागलुङ नगरपालिका–७ का वडासचिव हिरा बहादुर केसीको संचालनमा सम्पन्न भएको समापन कार्यक्रमको अध्यक्षता कालिका ड्राइभिङ्ग स्कुलका संचालक विष्णु पन्तले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here