चट्याङ लागेर म्याग्दीमा दुई जनाको मृत्यु

बेनी, २ चैत ।
उत्तरी म्याग्दीको खिवाङ गाउँमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिवाङकी ४१ बर्षिया यामकुमारी गर्बुजा र २६ बर्षिय रविन पुनको शनिबार राति चट्याङ लागेर मृत्यु भएको प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले बताए ।
राती सुतीरहेको अवस्थामा चट्याङ्ग लागेर घाइते भएका दुवै जनालाई उपचारको क्रममा जिल्ला सदरमुकाममा रहेको बेनी अस्पतालमा ल्याउँदा अस्पतालले मृत्त घोषणा गरेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here