‘गलकोट’को प्रोमोसनल गीत सार्वजनिक (भिडियो सहित)

बागलुङ, १ चैत ।
गलकोटमाथि बनेको वृत्तचित्रको प्रोमोसनल गीत सार्वजनिक भएको छ । निर्माता ‘युएसबी’ सेवा प्रालिको आफ्नै युट्युव च्यानलबाट शनिबार साँझ गीत सार्वजनिक भएको हो । गीतमा गलकोट, मल्मका ¥यापर बिजेन थापा काजीको स्वर र शब्द छ ।
गीतको भिडियोमा गलकोट क्षेत्रको विविधता झल्काउने दृश्य समावेश छ । गीतसँगै वृत्तचित्रको नयाँ पोस्टर पनि सार्वजनिक गरिएको कम्पनीका निर्देशक आकाश युएसबी थापाले जानकारी दिए । उनका अनुसार वृत्तचित्रको दोस्रो ‘टिजर’ आउँदो मङ्गलबार सार्वजनिक हुँदैछ ।

“यही चैत ८ गते गलकोटमै वृत्तिचित्रको पहिलो प्रदर्शन गर्ने तयारी छ”, निर्देशक थापाले भने, “त्यसपछि च्यारेटी स्वरुप देश विदेशमा प्रदर्शन गर्ने योजना छ ।” वृत्तचित्र ८० मिनेटको छ । वृत्तचित्र निर्माणमा झण्डै ३५ लाख खर्च भएको कम्पनीले जनाएको छ ।
प्रदर्शनबाट बचेको पैसा गलकोटको ग्रामिण भेगको शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गरिनेछ । अध्ययन र पेशाका सिलसिलामा विभिन्न देशमा पुगेका गलकोटवासीलाई लक्षित गरि वृत्तचित्र प्रदर्शन गरिने निर्देशक थापाले बताए ।
निर्देशक थापालगायतको समूहले एक वर्षअघिदेखि वृत्तचित्र निर्माणको काम शुरु गरेको थियो । ऐतिहासिक, साँस्कृतिक एवं जैविक विविधताले भरिएको गलकोटको समग्र पक्षलाई वृत्तचित्रमार्फत उजागर गर्न खोजिएको छ ।
“गलकोट क्षेत्रको वर्षभरिको जीवनशैली, रहनसहन, संस्कृति, हावापानी, प्राकृतिक सौन्दर्यको झल्को वृत्तचित्रमा देख्न सकिन्छ”, निर्देशक थापाले भने । गलकोटको बाह्रैमासको विविधता समेट्नका लागि जोखिम मोलेर दृश्य र सामग्री सङ्कलन गर्नुपरेको उनको अनुभव छ । गलकोटलाई देश विदेशमा चिनाउनु र पहिचान स्थापित गर्नु आफ्नो उद्देश्य रहेको थापाको भनाइ छ ।
भिडियो

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here