लोक दोहोरी गित प्रतिष्ठानको स्थापना दिवसमा बागलुङमा दिप प्रज्वलन

बागलुङ, ३० फागुन ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको १९ औ स्थापना दिवसको अवसरमा जिल्ला कार्यसमिति बागलुङले बिहिबार दिप प्रज्वलन गरेर मनाएको छ ।
बागलुङ बजारको लोकतान्त्रिक चोकमा प्रतिष्ठानका पदाधिकारी सदस्यहरु तथा शुभेच्छुकहरुको उपस्थितिमा दिप प्रज्वलन गरि स्थापना दिवस मनाएको प्रतिष्ठान बागलुङका सचिब शिव शर्माले बताउनुभयो ।


कार्यक्रममा सस्थाका सल्लाहकार लक्ष्मण श्री, प्रतिष्ठान गण्डकी प्रदेशका सदस्य रेणु केसीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम प्रतिष्ठान बागलुङका अध्यक्ष गणेश पौडेलको अध्यक्षता, प्रथम उपाध्यक्ष सरस्वती खड्का परियारको स्वागत र सचिब शिव शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here