कालिगण्डकी दोहनको बारेमा फेसबुक स्टाटस लेख्दा नेता पाठकलाई प्रहरीको धम्की

बागलुङ, २९ फागुन ।
कालिगण्डकी नदि दोहनको विषयमा प्रश्न उठाउँदा बागलुङका एक नेताले प्रहरीबाट धम्की पाएको आरोप लगाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङका नेता कृष्ण पाठकले कालिगण्डकी नदिको दोहानको कुरा उठाउँदा जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपि श्याम अर्यालले धम्की दिएको बताएका छन् । नेता पाठकले फेसबुक स्टाटस देख्दै बुधबार बेलुका ९ बजेर १ मिनेट जाँदा जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपि अर्यालले आफै फोन गरेर धम्की दिएको बताउनुभयो ।
उहाँले सार्वजनिक नदिको किनारमा देशकै गौरवको आयोजना मध्यपहाडी लोकमार्गलाई क्षति पुग्ने गरि दोहन बढिरहेको भन्दै पहिलेदेखि पर्वतका सांसद, जिल्ला प्रशासन कार्यालय पर्वत, जिल्ला मन्वय समिति पर्वत र जिल्ला प्रहरी कार्यायल पर्वतमा कुरा गरिरहँदा समेत दोहान नरोकिएपछि सवैलाई सुसुचित गर्ने मनसायले एक हप्तादेखि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेपछि डिएसपि अर्यालले धम्की दिएको बताउनुभयो ।
नेता पाठकले बुधबार पार्टीको बैठकको लागि जैमिनी नगरपालिकामा जाँदै गर्दा कालिगण्डकी नदिमा गिटी बालुवाहरु निकालिएको र फर्किएर आउँदा एकापट्टी लास पोलिएको र अर्कोपट्टी दोहन भइरहेको देखेपछि पर्वतको प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर दोहन रोकन जानकारी गराए । उहाँले प्रहरीलाई खबर गर्नुभएछ र डिएसपि अर्यालले फोन गरेर तपाई को हो ? नदि दोहन रोक्न पर्छ भन्ने तपाई को हो ? तपाईले के गर्न सक्नुहुन्छ ? तिमी कहाँ बस्छौं ? मेरो कार्यक्षत्र भित्रको कुरा हो मैले जे पनि गर्न सक्छु भन्ने जस्ता धम्की दिएको बताउनुभयो ।
उहाँले आफुलाई धम्की आएपछि तुरुन्त पर्वतको प्रमुख जिल्ला अधिकारी र बागलुङको एसपिलाई आफ्नो सुरक्षाको लागि जानकारी गराएको बताउनुभयो । उहाँले आफुलाई धम्की आएपछि आफु कानुनी प्रकियामा जाने र त्यसको लागि आजै अदालतमा जाने तयारी गरेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका एसपी श्याम अर्यालले आफूले धम्कीको भाषा नबोलेको दावी गर्नुभयो ।
डिएसपि अर्यालले नेता पाठकले कालिगण्डकी दोहान भएको जानकारी गराएपछि आफुले टोली पठाएको र टोलीले नदेखेपछि आफुले फोन गरेको र उहाँले नै म लगायत सिडियो साबलाई नानाथरि भनेको जिकिर गर्नुभयो ।
उहाँले विना प्रमाण सुसुचित मान्छेलाई देखिन्छ भन्ने कुराले जे पनि कुरा गर्न मिल्छर ? भन्ने कुरा गरेको हो उहाँले उल्टै मलाई धम्की दियो भन्दै फेसबुकमा लेख्नुभएछ । उहाँले बागलुङको माननियको अंकल हो म कहाँ लहरो तान्दा के हुन सक्छ भन्नुहुन्थ्यो मैले हजुरले आफुले गर्ने गर्नुहोस् न सर भनेको हो । धम्की कसले दियो उहाँबाट अडियो सुन्दा थाहा हुन्छ ।
डिएसपि अर्यालले उहाँले अदालतमा धम्कीको मुद्धा हालेमा आफुले धम्की दिए नदिएको प्रमाण पेस गरेमा आफुले अदालतबाट भोग्नुपर्ने कारवाहीको लागि र जवाफको लागि तयार रहेको बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here