
बागलुङ, २८ फागुन ।
नेशनल लाईफ इन्सोरेन्स कम्पनी लिमिटेड बागलुङले बागलुङको बडिगाड गाउँपालिका–४ जलजलाको एक परिवारलाई वैदेशिक रोजगारी मृत्युदावी बिमा भुक्तानी गरेको छ ।
कम्पनीले वैदेशिक रोजगारको क्रममा ज्यान गुमाएका जलजलाका ३६ वर्षिय धनबहादुर राकसकोटीकी श्रीमति खगीसरा राकसकोटीलाई बिमा बापतको १३ लाख ३५ लाख रुपैयाँको चेक शाखा प्रमुख तोयानाथ गौतमले हस्तान्तरण गर्नुभएको हो ।
वैदेशिक रोजगारीको लागि तीन वर्ष अघि मलेसिया गएका साकसकोटीको गत माघ १९ गते इट्टा उद्योगका मेसिनले च्यापिएर ज्यान गएको थियो । मृतकको एक छोरा र दुई छोरी रहेका छन् । कम्पनीले यस अघि वैदेशिक रोजगारीको शिलशिलामा ज्यान गुमाएका बानपा–८ सिगानाका नरबहादुर सार्कीको परिवारलाई पनि १४ लाख रुपैयाँ मृत्युदावी विमा भुक्तानी गरेको थियो ।










