सहश्रधारामा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाईते

बागलुङ, २४ फागुन ।
कुश्मा नगरपालिका १ सहश्रधारामा शनिबार दिउँसो मोटर साइकल दुर्घटना हुँदा एक जना घाईते भएका छन् ।
कुश्मा बजारदेखि बागलुङ आउँदै गरेको ध १ प ८६८९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक काठेखोला गाउँपालिका–१ का २२ बर्षिय जीवन केसी घाईते भएका हुन् ।
मोटरसाइकल चलाइरहेको अवस्थामा कुकुरले लखेटे पछि दुर्घटना भएको जनाइएको छ । घटनास्थलमा कुकुरको मृत्यु भएको छ ।
घाईते केसीको धौलागिरी अञ्चल अस्प्ताल बागलुङमा उपचार भइरहेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here