भेला, सम्मेलन र मेला महोत्सव नगर्न काठेखोला गाउँपालिकाको अपिल

बागलुङ, २३ फागुन ।
विश्वभरी कोरोना भाइरसको प्रभाव बढेसँगै काठेखोला गाउँपालिकाले कुनै पनि सभा, सम्मेलन तथा मेला महोत्सवको आयोजना नगर्न अपिल गरेको छ ।
गाउँपालिकाले शुक्रबार अपिल प्रकाशित गर्दै विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोनाको उच्च जोखिमको क्षेत्र घोषण गरेपछि सजकता अपनाउन गाउँपालिका भित्र भेला, सम्मेलन, मेला, महोत्सव नगर्न आग्रह गरेको हो ।
गाउँपालिकाले कारोना रोगको संक्रमणलाई भित्रिन नदिन र फैलिनबाट रोकथाम गर्नको निमित्त सबै नागरिकलाई सचेत रहन अपिल गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर वि.क.को हस्ताक्षर रहेको अपिलमा नियमित रुपमा साबुन पानीले हात धुने बानी बसाल्ने, खोक्दा, हाछ्युं गर्दा रुमालले नाक मुख छोप्न, हात नमिलाउने र अंकमाल नगर्न, रुघाखोकी लागेको मासिनको सम्पर्कमा नजाने, पशुपंक्षीको मासु, अण्डा राम्ररी पकाएर मात्र खाने, भिडभाड हुने स्थानमा नजान र जानै परेमा सकेसम्म माक्स तथा चस्माको प्रयोग गर्न, चरा, मुसा, विरालो, कुकुर जस्ता जनावरबाट टाढै रहन र रुघाखोकी, ज्वरो आएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here