कोरोना भाइरसबाट सतर्कता र सचेत रहन विवाईसीको आग्रह

बागलुङ, २३ फागुन ।
गैरसरकारी संस्था विवाईसी बागलुङले विश्वभर फैलिएको नोभल कोरोना भाइसरको पूर्व सावधानीको लागि समुदाय स्तरमा काम गर्दा सतर्कता अपनाउन र समुदायलाई सचेत गर्न आग्रह गरेको छ ।
विवाईसी बागलुङका अध्यक्ष मणीभद्र शर्माले शुक्रबार एक विज्ञाप्ती जारी गर्दै कोरोना भाईरसबाट सुरक्षित रहन र संक्रमणबाट आफु जोगिन र अरुलाई पनि जोगाउन उच्च सतर्कता अपनाउन संस्थामा आबद्ध सञ्चालक, सदस्य एव्म कर्मचारी र स्वयंसेवकलाई आग्रह गर्नुभएको हो ।
समुदाय स्तरमा व्यक्तिगत सरसफाई बारे सचेत, सभा सम्मेलन, मेला महोत्सव एव्म अत्याधिक मानिसहरुको जमघट हुने र भिडभाडमा नजाने र अरुहरुलाई पनि नजान अनुरोध गर्न विज्ञाप्ती मार्फत आग्रह गरिएको छ ।
सावधानीको लागि मास्क लगाएर हिड्डुल गर्ने, स्थानिय तहहरुमा कोरोना संक्रमणवाट बच्ने तौर तरिका र ध्यानदिनु पर्ने कुराहरुको बारेमा सचेतना अभिवृद्धिका कार्यक्रमहरु सञ्चालनमा सहयोग पु¥याउने तथा भेट हुंदा आपसमा हात नमिलाउने , विनम्रता पूर्वक नमस्कार गर्न आग्रह गरिएको छ ।
निरन्तररुघाखोकी, ज्वरोको संक्रमण देखिएमा तुरुन्त स्थानिय स्वास्थ्य संस्थामागई स्वास्थ्य परिक्षण गराउने तथा कोरोना भाईरसको जोखिमको न्यूनिकरणका लागि सचेत रहि अरु नागरिकहरुलाई पनि सचेत रहन् र सुरक्षका उपायहरुको बारेमा जानकारी गराउने काममा सहयोगी भूमिका खेल्न आग्रह गरेको अध्यक्ष शर्माले बताउनुभयो ।
संस्थाबाट सञ्चालित विभिन्न कार्यक्रमहरु नियमित सम्पादन गर्दा उच्च सावधानीका साथ स्थानिय सरकारको समन्वय सहयोग एव्म निदेशनबमोजिमगर्ने गराउन भनिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here