मोटरसाईकल दुर्घटनामा बैंक म्यानेजर सख्त घाईते, हेलिकोप्टरबाट काठमाडौं लगियो

बागलुङ, २३ फागुन ।
नेपाल बंगलादेश बैंक बागलुङ शाखा प्रमुख विकास पौडेल मोटरसाईकल दुर्घटनामा परी गम्भिर घाईते हुनुभएको छ ।
कर्जा प्रवाहको लागि धितो मूल्याङ्गकन गर्न बागलुङ नगरपालिका–१ रामरेखा जाँदै गर्दा ३७ वर्षिय पौडेल आफै चलाएको बा ९२ प २९२० नम्बरको मोटर साईकल दुर्घटना हुँदा घाईते हुनुभएको हो ।
मरेपिपल हुँदै रामरेखाको भित्री सडकमा गुडीरहेको मोटरसाईकल अनियन्त्रीत भई सडकबाट ६ मिटर तल खसेको थियो । घाईते पौडेललाई धौलागिरी अञ्चल अस्पताल बागलुङमा अतिआवश्यक उपचारपछि थप उपचारका लागि ग्राण्डी अस्पताल काठमाण्डौ पठाईएको छ ।


बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थाप घर भएका पौडेललाई हेलिकप्टर मार्फत उद्धार गरिएको धौलागिरी अंचल अस्पताल विकास समितिका सदस्य शालिकराम शर्माले जानकारी दिनुभयो ।
दुर्घटना भएको स्थानमा सडक मर्मतको काम भैरहेको छ । सोही मोटर साईकलमा सवार २० बर्षिय रुपेश सापकोटा भने सामान्य रहेकोे जिल्ला प्रहरी कार्यालय बागलुङका हवल्दार प्रेम खड्काले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here