
बागलुङ, २१ फागुन
जिल्लाव्यापी रुपमा संगठन विस्तार, सुदृढीकरण तथा प्रशिक्षात्मक अभियान संचालन गरेको राष्ट्रिय जनमोर्चा बागलुङले मंगलबार पाँच स्थानमा कार्यक्रम सम्पन्न गरेको छ ।
संगठनात्मक अभियानको कार्यक्रम अन्तर्गत सैखोला, साग्दी, जैदी, ग्वालीचौर र झिवाखोलामा सम्पन्न गरेको हो ।
टोली नं. ८ ले ढोरपाटन नगरपालिका-५ को सैखालामा प्रशिक्षण भेला, पर्चा तथा सदस्यता बितरण सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य दुर्गानाथ खरेलले नयाँ जनबादी व्यवस्था स्थापनाको लागि निरन्तर परिवर्तनको पक्षमा लाग्नु आजको आवश्यकता भएको बताउनुभयो ।
टोली नं. १ ले बरेङ गाउँपालिका वडा नं. ३ बाताकाचौरको साग्दीमा प्रशिक्षण भेला तथा सदस्यता बितरण सम्पन्न गरेको छ । टोली नं. २ ले जैमिनी नगरपालिका वडा नं. ७ जैदीमा घरदैलो गर्दै पर्चा तथा सदस्यता बितरण गरेको थियो ।
टोली नं. ७ ले बडिगाड गाउँपालिका वडा नं. ५ ग्वालीचौरमा पर्चा तथा सदस्यता बितरण गरेको थियो भने टोली नं. ९ ले निसीखोला गाउँपालिका–४ को झिवाखोलामा वडा स्तरीय प्रशिक्षण भेला सम्पन्न गरेको छ ।










