‘बि’ डिभिजन लिगमा बागलुङका निशान र अविशेकको डेब्यू

अर्जुन कार्की
बागलुङ, १८ फागुन
बागलुङ ११ का कप्तान निशान थापा मगर र डिफेन्डर अविशेक बोहोराले ‘बि’ डिभिजन लिगमा डेब्यू गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले संचालन गरेको ‘बि’ डिभिजन लिगमा निशान मध्यपुर युथ एसोसियसनबाट र अविशेक झम्सिखेल युथ क्लबबाट खेलिरहेका छन् ।
बागलुङ नगरपालिकाको आयोजनामा माघ १५ देखि २१ गतेसम्म भएको मेयर कप फुटबलमा बागलुङ नगरपालिकालाई च्याम्पियन बनाएपछि दुवै खेलाडी ‘बि’ डिभिजन लिगमा सहभागि भएका हुन् ।
निशानले मध्यपुरबाट सोमबार खुमलटार युथ क्लबसँग खेल्दै ‘बि’ डिभिजनमा डेब्यू गर्ने पहिलो बागलुङ्गे खेलाडी बनेभने अविशेकले शुक्रबार नयाँ बस्ती युथ क्लबसँग खेल्दै डेब्यू गरेका हुन् ।
दुवै खेलाडीले डेब्यू खेल टिम पराजित भएपनि प्रशिक्षक र टिम अफिसियलको नजरमा पर्न सफल भएका छन् । लिगमा डेब्यू गरेपछि खबरवे अनलाईनसँग कुरा गर्दै निशान र अविशेषकले क्लब पराजित भएपछि आफ्नो खेलबारेमा प्रशिक्षक र अफिसियलले राम्रो खेलेको प्रतिक्रिया दिएको बताए । त्यसैले अन्य खेलमा पनि उत्कृृष्ट खेल्न हौसला प्राप्त भएको उनीहरुले जानकारी दिए ।

निशान थापा मगर

दुवै खेलाडीले राष्ट्रिय टिमबाट खेल्ने सपनाको लागि प्रयास गरिरहेको बताए । उनीहरुले लिगमा उत्कृष्ट खेल्दै राष्ट्रिय टिमका प्रशिक्षकहरुको नजरमा पर्न प्रयास गर्ने बताए । ‘बि’ डिभिजन लिगबाट पनि राष्ट्रिय टिमसहित अन्डर १८, १९, २०, २३ को छनोट भइरहने हुनाले आफुहरुले त्यसैको लागि र क्लबलाई ए डिभिजनमा पु¥याउन मेहेनत गरिरहेको बताए ।

अविशेक बोहोरा

बागलुङ ११ टिमको कप्तान समेत रहेका निशानले खबरवे अनलाईनसँग कुरा गर्दै राष्ट्रिय टिम र ए डिभिजनका उत्कृष्ट टिममा पर्न सकेमा भविष्य राम्रो रहेको बताउनुभयो । अन्डर १८ मा फ्रेण्डस क्लबको कप्तानको जिम्मेबारीबाट ललित स्मृति प्रतियोगिता समेत खेलेका थापाले राष्ट्रिय टिमको लागि आफु प्रयासरत रहेको बताउनुभयो ।
अन्डर १८ को छनोट चरणसम्मको यात्रा तयगरिसकेका थापाले राष्ट्रिय टिमबाट खेल्नु आफ्नो सपना रहेको बताउनुभयो । ‘एक दिन राष्ट्रिय टिमको जर्सि लगाएर देशको लागि खेल्ने धोको छ’ थापाले भन्नुभयो–‘त्यसैको लागि अहिले प्रयास गरिरहेको छु ।’

निशान थापा मगर

जिल्ला फुटबल संघ बागलुङको बागलुङ ११ टिमका कप्तान समेत रहेका थापाले बागलुङमा नयाँ भाईहरुमा फुटबलको राम्रो प्रतिभा रहेको बताउँदै उनीहरुलाई राम्रो तालिम दिनसकेमा बागलुङका खेलाडीले चाडै राष्ट्रिय जर्सि लगाएर देशको लागि खेलेको देख्न सकिने बताउनुभयो । ‘नयाँ भाईहरुमा फुटबलमा राम्रो प्रतिभा छ,’ थापाले भन्नुभयो–‘ ग्रासरुट कार्यक्रम संचालन गरेर उनीहरुलाई राम्रो तालिम दिनसकेमा बागलुङका खेलाडी राष्ट्रिय टिममा पर्न सक्छन् ।’
यस्तै अविशेक बोहोरा उमेर समुहबाट देशको प्रतिनिधित्व गरि सकेका छन् । उनले अन्डर–१४ को राष्ट्रिय टिमबाट सहभागिता जनाईसकेका छन् । गत वर्षको ए डिभिजन लिगमा थ्रि स्टार क्लबमा आवद्ध भएपनि बोहोराले डेब्यूको मौका भने पाएका थिएनन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here