राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि विहुँकोट लालिगुराँसलाई

बागलुङ, १७ फागुन ।
काठेखोला गाउँपालिकामा शुक्रबार र शनिबार भएको ९ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको गाउँपालिका स्तरीय छनोटको उपाधि बिहुँको लालिगुराँस इङ्गलिस बोर्डिङले जितेको छ ।
काठेखोला गाउँपालिकाको आयोजना र कला, संस्कृति तथा खेलकुद विकास समिति काठेखोला गाउँपालिकाको संयोजनमा भएको प्रतियोगितामा काठेखोला–५ विहुँको लालिगुराँसले १९ स्वर्ण, १० रजत र १६ काश्य पदक जित्दै प्रथम भएको हो । यस्तै काठेखोला–६ विहुँको भीमसेन माविले ८ स्वर्ण, ७ रजत र ४ काश्य पदक जित्दै दोस्रो र ५ स्र्ण ४ रजत र ३ काश्य पदक जित्दै काठेखोला–८ लेखानीको लेखानी मावि तृतीय भयो ।


प्रतियोगिता अन्तरगत शनिबार भलिबल, रिले दौड, मार्सल आर्टस्, हाइजम्प, लङ्गजम्प, त्रिपल जम्प, सटफुट र ज्याभलिङ्ग थ्रो भएका थिए । छात्र भलिबलमा रेश नुन्थला माविलाई पराजित गर्दै भीमसेन मावि प्रथम भएको छ ।
यस्तै १०० मिटर रिले दौड छात्र तर्फ लेखानी मावि प्रथम, विहुँकोट लालिगुराँस इङ्गलिस बोर्डिङ द्धितिय र जनकल्याण मावि भीमापोखरा तृतीय भएभने छात्रा तर्फ भीमसेन मावि प्रथम र विहुँकोट लालिगुराँस इङ्गलिस बोर्डिङ द्धितिय भए । ४०० मिटर रिले दौड छात्र तर्फ जनकल्याण मावि प्रथम, रेश नुन्थला मावि द्धितिय र भीमसेन मावि तृतीय भएभने छात्रा तर्फ भीमसेन मावि प्रथम र विहुँकोट लालिगुराँस इङ्गलिस बोर्डिङ द्धितिय भए ।
यस्तै मार्सल आट्र्स अन्तरगतका ७ स्वर्ण पदक विहुँकोट लालिगुराँस इङ्गलिस बोर्डिङले जितेको छ । करातेको ४२ केजी छात्र तर्फ मिलन गैरे, ४७ केजीमा एडिसन पुन, ५२ केजीमा शिशिर पुन र एकल काटामा शिशिर पुनले स्वर्ण पदक जितेका छन् । यस्तै छात्रा तर्फ ४० केजीमा गुजन श्री, ५० केजीमा मनिषा छन्त्याल र एकल काटामा गुञ्जन श्रीसले स्वर्ण पदक जितेका छन् ।
आजै भएको हाइजम्पमा छात्र तर्फ लालिगुराँसका गणेश कंडेल प्रथम, जनकल्याण माविका भीमबहादुर थापा द्धितिय र ग्राम विकास आधारभूत विद्यालयका मिलन विक तृतीय भएभने छात्रा तर्फ लालिगुराँसकी सरिता कंडेल प्रथम, भीमसेन माविकी संगिता कार्की र अमर माविकी राधा विक तृतीय भएका छन् ।


यस्तै त्रिपाल जम्प अन्तरगत छात्र तर्फ लालिगुराँसका किरण पुन प्रथम, लेखानी माविका विनोद विक द्धितिय र ग्राम विकास आधारभूत विद्यालयका राहुल विक तृतीय भएभने छात्रा तर्फ लालिगुराँसकी प्रतिष्ठान कंडेल प्रथम र भीमसेन माविकी सविना कार्की द्धितिय भइन । लङ्गजम्प छात्र तर्फ लालिगुराँसका किरण पुन प्रथम, लेखानी माविका विनोद विक द्धितिय र भीमसेन माविका सुदिप बुढाथोकी तृतीय भएभने छात्रा तर्फ लालिगुराँसकी सावित्री कंडेल प्रथम र भीमसेन माविकी पुष्पा पुन द्धितिय भइन ।
आजै भएको सटफुटमा छात्र तर्फ भीमसेन माविका सुदिप बुढाथोकी प्रथम, रेश नुन्थलाका मिलन थापा द्धितिय र लेखानी माविका दिलिप श्रीस तृतीय भएभने छात्रा तर्फ लालिगुराँसकी प्रतिष्ठा कंडेल प्रथम र भीमसेन माविकी सविना कार्की द्धितिय भइन । ज्याभलिङ्ग थ्रो अन्तरगत छात्र तर्फ लालिगुराँसका राजन कंडेल प्रथम, जनकल्याण माविका रोशन मल्ल द्धितिय भएभने छात्रा तर्फ लालिगुराँसकी सावित्री कंडेल प्रथम भइन ।
प्रतियोगिताका प्रथम हुने खेलाडीहरुले जिल्ला स्तरीय ९ औं राष्ट्रपति रनिङ्ग शिल्डमा भाग लिनेछन् ।
प्रतियोगिताका विजेता खेलाडीहरुलाई काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा र कला, संस्कृति तथा खेलकुद विकास समिति काठेखोला गाउँपालिका संयोजक टिका संगम विकले पुरस्कार वितरण गर्नुभएको थियोभने सदस्य कृष्णप्रसाद कंडेलले संचालन गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here