
अर्जुन कार्की
बागलुङ, १६ फागुन ।
काठेखोला गाउँपालिकामा शुक्रबारदेखि ९ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको गाउँपालिका स्तरीय छनोट सुरु भएको छ । काठेखोला गाउँपालिकाको आयोजना र कला, संस्कृति तथा खेलकुद विकास समिति काठेखोला गाउँपालिकाको संयोजनमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन गाउँपालिकाका अध्यक्ष अमर थापाले गर्नुभएको थियो ।
प्रतियोगिताको उद्घाटन पछि बोल्दै अध्यक्ष थापाले खेलकुदले विद्यार्थीहरुलाई शारिरीक कसरत सहित अनुशासन सिकाउने बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई अध्ययनका साथसाथै खेलकुदमा लगाउँदा उनीहरुमा आत्मियता र प्रतिस्पर्धाको भावना सिर्जना गर्ने बताउनुभयो ।

उद्घाटन समारोहको अध्यक्षता कला, संस्कृति तथा खेलकुद विकास समिति काठेखोला गाउँपालिकाका संयोजक टिकासंगम विक, स्वागत सदस्य कृष्ण प्रसाद कंडेल र संचालन गाउँपालिकाका ना.सु. मनोज कार्कीले गर्नुभएको थियो ।
प्रतियोगिता अन्तरगत शुक्रबार छात्र÷छात्रा भलिबल, दौड, कबड्डी, सटफुट प्रतियोगिताहरु संचालन भएका थिए । ७ विद्यालयले सहभागिता जनाएको छात्र भलिबल प्रतियोगितामा अमर मावि काठेखोला–५ विहुँले भीमसेन मावि काठेखोला–६ लाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छभने रेश नुन्थला मावि काठेखोला–७ रेशले धिमीकरिना मावि काठेखोला–१ पालालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै जनकल्याण मावि काठेखोला–२ भीमापोखराले लेखानी मावि काठेखोला–८ लेखानीलाई पराजित गर्दै सेमिफइनलमा प्रवेश गरेका छन् । छात्र भलिबल खेलको सेमिफाइनल खेलहरु भोली शनिबार रेश नुन्थला मावि विरुद्ध लक्ष्मी मावि र अमर मावि विहुँ विरुद्ध जनकल्याण मावि भीमापोखराका विच हुनेछ ।
यस्तै छात्रा भलिबलको उपाधि लक्ष्मी मावि काठेखोला–३ धम्जाले जितेको छ । २ ओटा विद्यालयले मात्र सहभागिता जनाएको छात्रा भलिबलमा लक्ष्मी माविले भीमसेन माविलाई पराजित गर्दै उपाधि जितेको हो ।
यस्तै आज (शुक्रबार) भएको १०० मिटर दौड छात्र तर्फ भीमसेन माविका खड्क कुमाल प्रथम, ग्राम विकास आधारभूत विद्यालयका नविन वि.क. द्धितिय र लालिगुराँस बोर्डिङका सुजन कंडेल तृतीय भएका छन् । यस्तै छात्रा १०० मिटर दौडमा लालिगुराँस बोर्डिङकी अनुशा निउरे प्रथम, अमर माविकी विपना विक द्धितिय भए । यस्तै छात्र २०० मिटर दौडमा लेखानी माविका विनोद विक प्रथम, रेश नुन्थला माविका सुरज गौतम द्धितिय र जनकल्याण मावि भीमापोखराका रविन शर्माले तृतीय स्थान प्राप्त गरे । यस्तै छात्रा तर्फ भीमसेन माविकी सपना थापा प्रथम र अमर माविकी राधा वि.क. द्धितिय भए ।
यस्तै छात्र ४०० मिटर दौडमा लेखानी माविका यमन पुन प्रथम, जनकल्याण माविका सुर्य थापा द्धितिय र रेश नुन्थला माविका बादल कार्की तृतीय भएभने छात्रा तर्फ लालिगुराँस बोर्डिङकी अनुशा निउरे प्रथम, भीमसेन माविकी अनिता कार्की द्धितिय र अमर माविकी अस्मिता रोका तृतीय भइन ।
यस्तै ८०० मिटर दौडमा छात्र तर्फ लेखानी माविका विश्वास पुन प्रथम, धिमी करिना माविका नरब किसान द्धितिय र जनकल्याण माविका प्रवास थापा तृतीय भएभने छात्रा तर्फ लालिगु
राँस बोर्डिङकी एलिसा पुन प्रथम, अमर माविकी राधा विक द्धितिय र जनकल्याण माविकी अञ्जु थापा तृतीय भइन ।
यस्तै आजै भएको १५०० मिटर दौडमा छात्र तर्फ जनकल्याण माविका गौरव थापा प्रथम, अमर माविका सरोज दर्जि द्धितिय र रेश नुन्थला माविका मिलन थापा तृतीय भएभने छात्रा तर्फ भीमसेन माविकी सपना थापा प्रथम, रजनी घर्ती मगर द्धितिय र जनकल्याण माविकी प्रतिमा नेपाली तृतीय भएका थिए ।
यस्तै ३००० मिटर दौडमा छात्र तर्फ लेखानी माविका दिलिप श्रीस प्रथम, जनकल्याण माविका भीमबहादुर थापा द्धितिय र भीमसेन माविका खड्क कुमाल तृतीय भएभने छात्रा तर्फ अमर माविकी विपना वि.क. प्रथम र भीमसेन माविकी अनिता कार्की द्धितिय भएका थिए ।
यस्तै आजै सम्पन्न भएको कबड्डी प्रतियोगितामा छात्र तर्फ भीमसेन मावि प्रथम र लालिगुराँस मावि द्धितिय भएका छन्भने छात्रा तर्फ भीमसेन मावि प्रथम, अमर मावि द्धितिय र लालिगुराँस बोर्डिङ तृतीय भए ।
सुटफुट छात्र तर्फ भीमसेन माविका सुदिप बुढा प्रथम, रेश नुन्थलाका मिलन थापा द्धितिय र लेखानी माविका दिलिप श्रीस तृतीय भएभने छात्रा तर्फ लालिगुराँस बोर्डिङकी प्रतिष्ठा कंडेल प्रथम र भीमसेन माविकी सविना कार्की द्धितिय भइन ।
रनिङ्ग शिल्डमा शुक्रबार नै भएको ज्याभलिन थ्रो छात्र तर्फ भीमसेन माविका सुजन विक प्रथम लालीगुराँस बोर्डिङका राजन कंडेल द्धितिय र जनकल्याण माविका रोशन मल्ल तृतीय भएभने छात्रा तर्फ लालिगुराँस बोर्डिङकी सावित्री कंडेल प्रथम भइन ।
प्रतियोगिता अन्तरगत शनिबार हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, १०० मिटर र ४०० मिटरको रिले दौड र छात्र भलिबलको फाइनल खेल हुनेछ ।










