बुर्तिबाङमा ‘प्रहरी संग एक दिन’ कार्यक्रम

बागलुङ, १३ फागुन ।
प्रहरी र नागरीक बिचको समन्वयले मात्रै समाजमा शान्ति सुरक्षा कायम गर्न सकिने भन्दै इलाका प्रहरी कार्यालय बुर्तिबाङले ‘प्रहरी सँग एक दीन’ कार्यक्रम सम्पन्न गरेको छ ।
ढोरपाटन नगरपालिका स्थित जनता सेकेन्डरी इङ्गिलस बोडिङ स्कुलकामा अध्ययनरत बिद्यार्थीहरुलाई एक ठाउँमा जम्मा गरी सामुदाय प्रहरी साझेदारी अन्र्तगत “प्रहरी संग एक दिन” कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा विद्यार्थीहरुलाई प्रहरी र नागरिक बीचको साझेदारीको अवधारण, नागरीक सुरक्षामा प्रहरीको महत्व, प्रहरी प्रती सकारात्मक धारणाको विकास, प्रहरी सेवाप्राप्त गर्ने प्रकृया लगायतका बिषयमा जानकारी गराईएको थियो । त्यस्तै प्रहरी कार्यलय तथा प्रहरी सेवाको प्रत्यक्ष अवलोकन गरी प्रहरी सेवा प्रवाह सम्बन्धी जानकारी समेत विद्यार्थीहरुलाई गराईएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here