बागलुङ नगरपालिका १३ ले दियो विद्यालयलाई पानी राख्ने जार

बागलुङ, १३ फागुन ।
विद्यार्थीहरुलाई नियमित स्वास्थ्य पानी खुवाउने उद्देश्यले बागलुङ नगरपालिका–१३ पैयुँपाटा वडा कार्यालयले बास्कोटमा रहेको जनमत माविलाई पानी राख्ने जारहरु हस्तान्तरण गरेको छ ।
मंगलबार एक कार्यक्रमका बिच वडा सदस्य भवानी प्रसाद रिजालले विद्यालयका प्रध्यानध्यापक परशुराम रिजाललाई १२ थान पानी राख्ने जार हस्तान्तरण गरेका हुन ।
विद्यालयमा अध्यनरत विद्यार्थीको समस्यालाई मध्यनजर गरी वडा कार्यालयले करिब १० हजार रुपैयाँ बराबरका पानीका जार हस्तान्तरण गरेको विद्यालयका प्रध्यानध्यापक परशुराम रिजालले बताए । पैयुँपाटाका हरेक विद्यालयमा विद्यार्थीहरुका लागि सहजता बनाउनका लागि वडा कार्यालयले नयाँ अभ्यास थालेको वडा सदस्य भवानी प्रसाद रिजालले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका रिजालले यस विद्यालयलाई नमुना बनाउनका निम्ती हरेक निकाय र व्यक्तिगत रुपमा सहयोग भै रहेको बताए ।
सदरमुकाम देखी नजिक र यस क्षेत्रकै नमुना विद्यालयको रुपमा स्थापित यस विद्यालयमा विद्यालयका पुर्व विद्यार्थी तथा अभिभावकबाट पनि सहयोग प्राप्त हुदै आएको छ । गत फागुन ६ गते विद्यालयका पुर्व विद्यार्थी एवं अभिभावक हाल अमेरीका रहेका दिपक रिजालले आफ्नो जन्मदीनको अवसमा विद्यालयमा एक थान पानी तताउने गिजर सहयोग गरेका थिए । विद्यालय प्रति अभिभावक र पुर्व विद्यार्थीको सक्रियताले यस विद्यालयको शैक्षिक उन्नयतका निम्ती निकै सहयोग पुगको विद्यालयले जनाएको छ । हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here