कोरोनाबाट बच्न कोरियाका नेपालीलाई दूतावासको आग्रह

काठमाडाैं, ११ फागुन
दक्षिण कोरियास्थित नेपाली दूतावासले कोराना भाइरसको संक्रमणबाट बच्न र सजग रहन नेपालीहरूलाई आग्रह गरेको छ । पछिल्लो समय कोरियामा पनि कोभिड–१९ नामक भाइरसबाट संक्रमित देखिएपछि नेपालीलाई सतर्क रहन दूतासवासले विज्ञप्ति जारी गरेरै आग्रह गरेको हो ।
कोरिया थेगु शहरमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् ।
कोभिड–१९ को संक्रमणबाट हालसम्म ४ जनाको मृत्यु भइसकेको छ। एकै दिनमा संक्रमित हुनेको संख्या दोब्बर वृद्धि भएको छ । कोरियाली सरकार र सम्बद्ध स्वास्थ्य संस्थाबाट जारी भएका सुरक्षा उपायहरू अवलम्बन गर्न दूतावासले नेपालीहरूलाई आग्रह गरेको छ ।
रोजगार अनुमति प्रणालीमार्फत कामका लागि ४० हजारभन्दा बढी युवा कोरियामा कार्यरत छन् । अध्ययन र व्यवसाय गर्नका लागि समेत नेपालीहरू कोरियामा बसाेबास गर्दै आएका छन् ।
संक्रमित हुनेहरूको संख्या ५ सय ५६ पुगेको छ । अवैधानिक रूपमा बसोबास गरेकालाई कोराना भाइरसको शंका लागेमा स्वास्थ्य परीक्षणका गर्न कोरिया सरकारले पक्राउ नगर्ने भएको छ । साथै, भिसा सकिएकालाई ५० दिनको अतिरिक्त भिसा थपिदिने भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here