बागलुङ, १० फागुन ।
बागलुङ जिल्लाको जैमिनी नगरपालिका–३ दमेकमा स्काभेटर दुर्घटना हुँदा सहचालक घाईते भएका छन् ।
दमेकको बुढिखर्कदेखि देउरालीखानी जाने सडकमा शनिबार विहान स्काभेटर दुर्घटना हुँदा सहचालक १७ बर्षिय सागर मगर घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
मगरलाई उपचारको लागि धौलागिरी अञ्चल अस्पताल बागलुङमा ल्याइदै गरेको जिप्रका बागलुङले जनायो ।
स्काभेटरको ड्राइभर शिवरात्री मनाउन घर गएको र अहिले सम्पर्क विहिन भएकाले के कारणले दुर्घटना भयो भन्ने बारेमा जानकारी प्राप्त नभएको जिप्रका बागलुङले जनाएको छ ।
स्काभेटर सडकबाट करिव ३ सय मिटर तल जंगलमा खसेको छ ।










