
बागलुङ, ९ फागुन ।
बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखरामा रहेका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रसार प्रसारको लागि शुक्रबार बाईक ¥याली गरिएको छ ।
महाशिवरात्रीको अवसरमा पुष्पाञ्जली ग्रामिण विकास केन्द्रको व्यवस्थापन र बागलुङ पर्यटन विकास समितिको आयोजनामा कालिका भगवती मन्दिर गेटदेखि पञ्चकोट– भीमापोखराको ऐतिहासिक भीमादरबार हुँदै डोहेरीसम्मका यात्रा सम्पन्न गरिएको हो ।
बागलुङ बजारदेखि ७० मोटर साईकल भीमाबारसम्म पुगेका थिए भने दर्जन बढी मोटरसाईकल यात्री डोहेरीसम्म पुगेको पुष्पाञ्जली ग्रामिण विकास केन्द्रका निवर्तमान अध्यक्ष प्रेम केसीले जानकारी दिनुभयो ।
¥यालीमा सहभागी युवाहरुले भीमापोखराको मुख्य पर्यटकीय, ऐतिहासिक तथा धार्मिक स्थलहरुको अवलोकन गरेका थिए । भीमापोखरामा ऐतिहासिक भीमादरबार, कान्छो धौलागिरी डोहेरी, विभिन्न देवीदेवताका मन्दिर, माहरानी थान जस्ता धार्मिक स्थल रहेका छन् ।
मोटर साईकल मार्फत डोहेरी पुगेका पर्यटन अभियान्तहरुले स्थानीयसँग अन्तरक्रिया गरेका थिए । अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले डोहेरीलाई कृषि फर्मको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका थिए ।
डोहेरीमा आलु उत्पादन, पशुपालन, माछा पालनको लागी उपयुक्त मानिन्छ भने जडिबुटी पनि पाउन सकिन्छ । कार्यक्रममा पर्यटन विकास अभियन्त कृष्ण केसी, बागलुङ नगरपालिकाका बरिष्ठ योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदी, भीमापोखरा स्वास्थ्यचौकी ईन्चार्ज सोमराज पाण्डे, विष्णु सापकोटा, कालिका भगवती गुठी व्यवस्थापन समितिका सदस्य निशान खडका, मालिका सेवा समाजका अध्यक्ष दुर्गा केसीले बोल्नुभएको थियो ।
कार्यक्रम पर्यटन विकास समितिका अध्यक्ष राजु खडकाको अध्यक्षता, रामप्रसाद शर्माको स्वागत र प्रेम केसीको संचालनमा सम्पन्न भएको थियो ।










