पोखरामा कार दुर्घटना हुँदा एक महिलाको मृत्यु

नरहरि पौड्याल
पोखरा, ९ फागुन
पोखरामा शुक्रबार कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने पोखराको छोरेपाटनमा उक्त दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो ।
कालीमाटीबाट छोरेपाटनतर्फ आउँदै गरेको ग २ च ७७६३ नम्बरको सेतो कार अनियन्त्रित भई दुर्घटना हुँदा पोखरा महानगरपालिका– १७, बेलघारीकी २१ वर्षीया जमुना क्षत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जमुनाको घट्नास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका तीन जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख निरीक्षक सन्तोष रोकाले बताए ।
उनका अनुसार कार तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हो । ‘चालकले मापसे गरेको आशंकामा मादक पदार्थ (मापसे) जाँचका लागि अस्पताल पठाएका छौँ,’ उनले भने । कारमा पाँच जना यात्रु सवार थिए । कार र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here