स्कुटर दुर्घटनामा १ जनाको मृत्यु

पोखरा, ९ फागुन ।
पोखरामा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–११, फूलबारीमा आफैँले चलाएको ग १६ प ५५२२ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा भोजपुरका काइँला राईको मृत्यु भएको हो ।
दुर्घटनामा भोजपर रामप्रसाद गाउँपालिका–८, वार्षिखोडा घर भई हाल पोखराको फूलबारी बस्ने ३० बर्षका राईको उपचार क्रममा पश्चिम क्षेत्रीय अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here