
काठमाडौं, १७ माघ ।
नवगायिका पुजा मगरको पहिलो सांगेतिक कोशेली बेसी खेतमा बजारमा आएको छ ।
स्याङ्जा जिल्लामा जन्मनुभएकी गायिका मगरले उक्त गीत नेपाली संगीत बजारमा ल्याउनुभएको हो । दोहोरी गाउन माहिर मगर र क्रिस क्षेत्रीको सुमधुर आवाजमा रहेको उक्त गीतको म्युजिक भिडियो शुक्रवार सार्वजनिक भएको छ ।
क्षेत्रीको लय तथा शव्दमा तयार भएको उक्त म्युजिक भिडियोको निर्देशन सरोज ठकुरीले गर्नुभएको छ । म्युजिक भिडियोको मुख्य अभिनयमा भने क्रिस क्षेत्री मिरा गुरुङ देखिनुभएको छ ।
नेपाली गीत संगीतमा लाग्ने तिव्र इच्छासहित पहिलो सांगेतिक कोशेली बजारमा ल्याएकाले एक पटक हेरेर, सुनेर प्रतिक्रिया दिनका लागि दर्शक, श्रोतालाई मगरले अनुरोध गर्नुभएको छ ।
गायिका मगर विगत केही वर्षदेखि काठमाडौंमा बसी लोकदोहोरी क्षेत्रैमै संर्घर्ष गरिरहनुभएको छ ।
भिडियोका लागि









