
बागलुङ, १६ माघ ।
छोटो समयमै चल्यो “चल न माया चल“ बहुप्रतिभाषाली गायक कृष्ण समीप सुवेदीले सात बर्षपछि आफ्नै प्रस्तुतीमा गीत सार्वजनिक गरेका छन् । ‘चल न माया चन’ बोलको गीत भिडियो सहित यूट्यूब मार्फत सार्वजनिक गरिएको हो । उक्त गीत बजारमा आयको छोटो समयमै चर्चित बन्न सफल भयको छ । टिकटक मा भाईरल भयको चल न माया चल सामाजिक संजाल मा सबै भन्दा धेरै सेयरिङ्गमा पनि परेको छ।
यसअघि ‘सिर सिर बतास’, ‘मेरो कल्पनामा आउने मान्छे तिमी’, ‘मनको तिर्खा मेट्न’, पोखरा जाने घुम्ती छ बाटो, पोखरेली कान्छी, देउराली, माझी दाईको जिन्दगी’ जोर बत्ती पालैमा, हेर ऐनामा, मेरा आखामा, तिम्रो बाटो मेरो बाटो, भागिहाल्यौ अझै भाग जस्ता आधुनिक, पप, लोक तथा दोहोरी गीतहरुका गायक सुवेदीले यसपटक लामो समयपछि पुनः संगीतमा फर्किँदा फरक गीत लिएर आएको बताए । यस गीतमा हरेक पक्ष उत्कृष्ट बनाउने प्रयास गरिएको उनले बताए ।
शब्द तथा संगीत गायक स्वयंको रहेको छ भने स्वरमा गायिका कृष्णा खनालले साथ दिएकी छन् । गीतको भिडियोमा टिकटकमा चर्चित सुन्दर एसडिएस ‘लास्ट किङ्ग’ र जुना सुन्दासको अभिनय रहेको छ ।
भिडियोलाई सन्तोष राजबाहकले निर्देशन गरेका छन् भने ज्ञानेन्द्र शर्माको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन तथा कलर करेक्शन रहेको छ ।
बजारमा आएको छोटो समयमा नै गीत ले चर्चा पाएको छ । फरक तरिकाको लोकलय गीतमा गरिएको देउडा शैलीको प्रयोगलाई अत्याधिक रुचाइएको छ ।
भिडियो









