राष्ट्रिय सभा सदस्य निर्वाचनः गण्डकी प्रदेशमा नेकपाका श्रेष्ठ र न्यौपाने विजयी

पोखरा, ९ माघ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तगर्त गण्डकी प्रदेशमा नेकपाका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने विजयी भएका छन् ।
बिहीबार (आज) भएको मतदानमा नेकपाका श्रेष्ठले ३ हजार ४ सय ३२ मत ल्याउँदै विजयी भएका हुन् । यस्तै उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सूर्यप्रसाद रेग्मीले २ हजार २ सय ४४ मत प्राप्त गरेका थिए ।
यस्तै महिला तर्फपनि नेकपाकी भगवती न्यौपानेले ३ हजार ३ सय ६६ मत प्राप्त गर्दै विजयी भइन् । उनकी प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी विमला गौचनले २ हजार ३ सय ४० मत प्राप्त गरिन ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here