माछापुच्छ्रे त्रिशक्ति युनाईटेड कपः बागलुङ टाइब्रेकरमा चुक्यो

बागलुङ, १ माघ ।
माछापुच्छ्रे त्रिशक्ति युनाईटेड कप प्रतियोगिताको उद्घाटन खेलमा बागलुङ टाइब्रेकरमा पराजित हुँदै बाहिरिएको छ ।
माछापुच्छ्रे त्रिशक्ति युनाईटेड क्लब माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोक कास्कीको आयोजनामा आजदेखि सुरु भएको माछापुच्छ्रे त्रिशक्ति युनाईटेड कप–२०७६ मा आज उद्घाटन खेलमा आयोजकसँग टाइब्रेकरमा मा ४–३ गोलअन्तरले पराजित भएको हो ।


पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको सुरुवातमा आयोजक माछापुच्छ्रे त्रिशक्ति युनाईटेड क्लबले अग्रता लिएपनि अन्तिम समयमा बागलुङ ११ का कप्तान निशान थापाले फ्रिकिक मार्फत गोलगर्दै खेल बराबरीमा ल्याएका थिए । निर्धारित समयमा दुवै टिम १–१ बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
खेलको म्यान अफ दि म्याच बागलुङका कप्तान निशान थापा घोषित भए ।
गण्डकी प्रदेश क्लब स्तरीय खुल्ला ११ ए साईट फुटबल प्रतियोगितामा प्रदेशका १२ टिमले सहभागिता जनाएको आयोकले जनाएको छ ।
प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाा प्राप्त गर्नेछन् । प्रतियोगिता माघ ६ गतेसम्म संचालन हुनेछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here