बाँदर लखेट्दा भीरबाट लडेर युवकको मृत्‍यु

102

गोरखा, २ पुस ।
गोरखाको धार्चे गाउँपालिकामा बादर लखेटदा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ ।
धार्चे गाउँपालिका ७ भीरकुनाका २५ वर्षका बहादुर गुरुङको बाँदर लखेट्न जाँदा भीरबाट लडेर मृत्यु भएको हो । स्थानीय उज्वल गुरुङका अनुसार करेसाबारीमा आएको बाँदर लखेट्न जाँदा उनी चिप्लेर भीरबाट खसेका थिए ।
उनको घटनास्थलमा नै मृत्यु भएको हो । सदरमुकामदेखि एक दिन टाढाको उक्त गाउँमा घटनाबारे जानकारी पाएपछि प्रहरी पुगेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here