राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा बिजी निर्वाचित

100

पोखरा, ९ मंसिर ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बिजी विजयी भएका छन् ।
कास्कीको पोखरामा आइतबार राति सम्पन्न ७ औँ केन्द्रीय महाधिवेशनमा उनले प्रतिस्पर्धी विष्णु खत्रीलाई ३९ मतले पराजित गरेका हुन । बिजीलाई ५ सय ८४ मत प्राप्त भएकोमा खत्रीलाई ५ सय ४५ मत प्राप्त भएको थियो ।
कोषाध्यक्ष पदमा तारापति सुवेदीलाई पराजित गर्दै राजु ढकाल विजयी बनेका छन् ।
यस्तै सहकोषाध्यक्षमा घनश्याम रिजाललाई पराजित गर्दै ईश्वरीप्रसाद भुसाल विजयी बनेका छन् । एक जनाको पद रहेको प्रशासनिक सचिवमा पुरुषोत्तम थापा २ सय ४५ मत पाएर पराजित भएका छन् भने ८ सय ४६ मत ल्याउँदै कृष्ण रेउले विजयी भएका छन् ।
यसैगरी, ७ जनाको पद रहेको खुल्ला सचिवमा जीवन दाहाल, रमेश राज भट्टराई, कुलेन्द्र विश्वकर्मा, हरि डाँगी, प्रचण्ड जीसी, वसन्त थापा र पुष्कल शर्मा विजयी भएका छन् । यी सात ओटा पदमा १२ जनाको उम्मेदवारी परेको थियो ।
७ जना महिला केन्द्रीय सदस्यमा सम्झना लामिछाने मगर, जानकी तारमी मगर , अञ्जली अधिकारी, जुना श्रीष मगर, अमृता लुङ्गेली मगर, सरला पाण्डे र सिता राना निर्वाचित भएका छन् । यस्तै, १२ जना खुल्ला केन्द्रीय सदस्यहरूमा देवी घर्ती, पीएन सापकोटा, प्रकाश सपूत, पुरुषोत्तम भण्डारी, प्रकाश भट्ट, याम क्षेत्री, विमल अधिकारी, महेन्द्र गौतम, दीपक गरौजा मगर, सागर गुरुङ, विक्रम थापा र युवराज मगर निर्वाचि भए ।
केन्द्रीय सदस्य (विदेश शाखा) मा रामकृष्ण बम मल्ल ९७६७० र दुर्गा पङ्गेनी चुनिए। यस्तै, ७ ओटा प्रदेशबाट १/१ जना गरी ७ जना केन्द्रीय सदस्यहरू भौगोलिक रूपमा छनोट भएका छन्। अन्य प्रदेशमा सहमति भएको भए पनि गण्डकी र ७ नं. प्रदेशका लागि भने निर्वाचन नै भयो । गण्डकी प्रदेशबाट तारानाथ आचार्य र सदूरपश्चिम प्रदेशबाट नमिनसिङ धामी विजयी भएका छन् ।
प्रतिष्ठानका ११ ओटा पदहरूमा भने निर्वाचन अगाडि नै सर्वसम्मत चयन भएको थियो । जसमा वरिष्ठ उपाध्यक्षमा रिता थापा, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्धितिय उपाध्यक्षमा रामजी खाँण, तृतीय उपाध्यक्षमा दीपक खड्का, महिला उपाध्यक्षमा राधिका हमाल, महासचिवमा सुवास के।सी, उपमहासचिवमा शिव हमाल र शङ्कर बिसी, साङ्गठनिक सचिवमा खुमन अधिकारी, महिला सचिवमा जमुना राना मगर र सह कोषाध्यक्षमा पुर्णकला बिसी रहेका छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा कुल मतदाता सङ्ख्या १३ सय ४८ रहेको भए पनि ८४ दशमलव ३४ प्रतिशत अर्थात् ११ सय ३७ मत खसेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here