
कमल पौडेल
बडिगाड (बागलुङ), १ मंसिर ।
नेपाली काग्रेसका नेता तथा पूर्व गृहमन्त्रि कृष्ण प्रसाद सिटौलाले देशको सिमाको सन्दर्भमा पहिलो पटक राष्ट्रिय एकता कायम भएकोले दृढता पुर्वक उभिन र समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
उपनिर्वाचनको सन्दर्भमा बागलुङको बडिगाड गाउँपालिका २, खर्वाङ आउनु भएका सिटौलाले कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
पूर्व मन्त्रि सिटौलाले निर्वाचन प्रजातान्त्रीक प्रक्रिया भएकोले आचारसंहिता भित्र रहि सभ्य रुपमा प्रतिस्पर्धा गर्न र निर्वाचनमा लाग्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पूर्व वन मन्त्रि शंकर भण्डारीले निर्वाचन लोकतन्त्रको सुन्दर गहना भन्दै सिँगो पार्टी एक ढिक्का भएर चुनावमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला सभापति दिपेन्द्र बहादुर थापा, सांसद ज्ञान कुमारी छन्त्याल, प्रदेश सांसद मणिभद्र कँडेल, लगाएतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
कार्यक्रम दगातुन्डाडाका पार्टि सभापति सुवेदार रत्न बहादुर क्षेत्रीको अध्यक्षता, बडिगाड संयोजक अर्जुन खरेलको स्वागत मन्तव्य तथा वडा नं. ७ भिमगिठेका अध्यक्ष कृष्ण गुरुङको सञ्चालनमा सम्पन्न भएको थिया ।










