गण्डकी प्रदेश एन्फा गठन, अध्यक्षमा लामिछाने

बागलुङ, २७ कार्तिक ।
गण्डकी प्रदेश भित्र रहेका जिल्ला फुटबल संघहरुको भेलाले बुधबार गण्डकी प्रदेश फुटबल संघ गठन गरिएको छ ।
गण्डकी प्रदेश फुटबल संघको अध्यक्षमा थरमसिङ्ग लामिछाने (कास्की), उपाध्यक्षमा मिलन गुरुङ (कास्की), लोकेन्द्र गुरुङ (लम्जुङ्ग) मुक्त राना (स्याङ्जा), महासचिवमा दिपेन्द्र श्रेष्ठ (गोरखा), सचिवमा रमेश कार्की (कास्की), कोषाध्यक्षमा रामराज गुरुङ (बागलुङ), सहकोषाध्यक्षमा विनोद गुरुङ (कास्की) रहेका छन् ।


यस्तै सदस्यहरुमा सदस्यहरुमा सेत पुन (नवलपुर), बेद बहादुर गुरुङ (मनाङ), भक्ति गुरुङ र दुर्गा घिमिरेलाई (महिला सदस्य), खेमराज बराल (पुष्प) (कास्की), सूर्य लामिछाने (बागलुङ), हरि तिमिल्सिना (तनहुँ), सिजन श्रेष्ठ (लमजुङ), प्रकाश रेग्मी (स्याङजा), रविन पौडेल (तनहुँं), सुमन गुरुङ (गोर्खा), संजिब राना (लमजुङ) र मेघराज पाण्डे (नवलपुर) रहेका छन् ।


गठित समितिको प्रमुख सल्लाहकारमा एन्फाका केन्द्रिय उपाध्यक्ष कृष्ण थापा तथा सल्लाहकारहरुमा सुक गुरुङ र बसन्त थकाली चयन भएका छन् ।
यस्तै भेलाले एन्फाका केन्द्रिय उपाध्यक्ष कृष्ण थापाको संयोजकत्वमा गण्डकी प्रदेश लिग कमिटि गठन गरेको छ । जसको सह संयोजकमा एन्फाका केन्द्रिय सदस्य रत्न कुमार श्रेष्ठ कोषाध्यक्षमा मिलन गुरुङ रहेका छन् ।
त्यसै गरि सदस्यमा मदन केसी, शम्भु केसी, नर गुरुङ, जगत बहादुर थापा, राजेन्द्र गिरि, बिनोद गुरुङ र जयराज भण्डारीलाई चयन गरिएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष कृष्ण थापा, सदस्य रत्ना श्रेष्ठको उपस्थितिमा समिति गठन गरिएको हो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here