न्युजिल्याण्ड विश्वकपको फाइनलमा, भारत पराजित

एजेन्सी, २५ असार ।
भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्याण्ड आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको छ । विश्वकप इतिहासमा न्युजिल्याण्ड फाइनल पुगेको यो दोश्रो पटक हो । २०१५ मा यस अघि पहिलो पटक फाइनल पुग्दा अस्ट्रेलियाअंग पराजित भएको थियो ।
न्युजिल्याण्डले पहिले ब्याटिंग गर्दै दिएको २४० रनको लक्ष्य पछ्याउने क्रममा भारतले ४९.३ ओभरमा सबै विकेट गुमाउदै २२१ रन मात्रै बनाउन सक्यो । सन् २०१५ को विश्वकपमा पनि भारत अस्ट्रेलियासंग पराजित हुँदै बाहिरिएको थियो ।
लक्ष्य पछ्याउने क्रममा अत्यन्त खराब सुरुवात गरेको भारतले पहिलो ४ विकेट २४ रन मात्र बनाउदा गुमाउन पूग्यो । पहिलो १० ओभरमा प्रतियोगिताकै उत्कृस्ट मानिएको भारतीय माथिल्लो क्रम पेभेलियन फर्कियो ।
प्रतियोगिताकै सर्वाधिक रनकर्ता तथा ४ शतक बनाईसकेका रोहित शर्मालाई दोश्रो ओभरमा म्याट हेनरीले विकेटकिपर लाथमबाट क्याच आउट गर्दै विकेटको सुरुवात गराए । कप्तान बिराट कोहलीलाई लगत्तै ओभरमा ट्रेन्ट बोल्टले एलबिडब्लु आउट गरे । लोकेस राहुललाई पनि हेनरीले विकेटकिपर लाथम बाट क्याच आउट गरे । रोहित, कोहली र राहुलले मात्र १ रन बनाउन सके ।
३.१ ओभरमा ५/३ पुगेको भारतको योगफललाई रिशभ पन्त र दिनेश कार्तिकले अघि बढाउने प्रयास गरे । तर दशौँ ओभरमा कार्तिकलाई हेनरीले आफ्नो तेश्रो शिकार बनाए जुन क्रममा जिम्मी निशमले पोइन्टमा देब्रे तिर डाइभ गर्दै प्रतियोगिताकै उत्कृस्ट मध्येको क्याच लिए ।
२४/४ ( १० ओभर ) को अवस्थाबाट धोनी ब्याटिंग गर्न आउने अपेक्षा धेरैले गरेका थिए । सन् २०११ फाइनलमामा धोनीले उस्तै परिस्थितिमा आएर खेल जिताउने इनंग खेलेका थिए । तर आशा विपरित ब्याटिंग गर्न छैठौं नम्बरमा हार्दिक पान्ड्या आए ।


पाँचौ विकेटको लागि साझेदारी गर्दै भारत कमजोर अवस्थाबाट माथि उठ्ने प्रयास गर्दै थियो । तर रिशभ पन्तले २३ औं ओभरमा ठुलो सट खेल्ने चक्करमा विकेट गुमाउन पुगे । स्यांटनरको बलमा क्याच आउट हुनु अघि उनले ५६ बलमा ४ चौका प्रहार गरे । पन्तको विकेटसंगै ४७ रनको साझेदारी पनि टुट्न पुग्यो ।
सातौँ नम्बरमा ब्याटिंग गर्न धोनी आइपुगे र आशा अनुरुप विकेट सम्हालेर ब्याटिंग थाले । साझेदारी थोरै बढ्दै थियो तर हार्दिक पान्ड्याले दबाब झेल्न सकेनन् र स्यांटनरलाई ठुलो सट खेल्दा क्याच आउट हुन पुगे। ६२ बलमा उनले २ चौका मदतले ३२ रन बनाए ।
२३ औं ओभरमा ७१/५ को अवस्थाबाट भारतको जित असम्भव जसो देखिएको थियो र आवस्यक रन रेट पनि बढ्ने क्रममा थियो।

त्यसपछि धोनी र उनका चेन्नाई सुपर किंग्सका पुराना मित्र रभिन्द्र जडेजाले इनिंग सम्हाले । जडेजाले आक्रामक सट खेल्दै इनिंग अघि बढाए भने धोनीले विकेट थाम्दै सुस्त ब्याटिंग गरे ।
यस बीचमा जडेजाले अर्धशतक पुरा गरे र आठौँ नम्बरमा ब्याटिंग गर्दै विश्वकपको नकआउट खेलमा अर्धशतक बनाउने पहिलो ब्याट्सम्यान समेत बन्न पुगे । करियरमा उनको यो ११ औं अर्धशतक हो । सन् २०१४ पछि उनले पहिलो पटक अर्धशतक बनाएका थिए ।
जडेजा र धोनीको साझेदारीले दबाब न्युजिल्याण्डमा फर्कियो । दुवैले शतकीय साझेदारी गर्दै भारतलाई जिततर्फ डोर्याए ।
खेलमा रोमान्चक मोड तब आयो जब ४८ औं ओभरमा जडेजा ठुलो सट खेल्ने चक्करमा ट्रेन्ट बोल्टको बलमा आउट भए । जडेजाले ५९ बलमा ४ चौका र ४ छक्का मदतले ७७ रन बनाए । भारतको समस्या बढ्ने क्रममा ४९ औं ओभरको धोनीलाई मार्टिन गुप्टिलले रन आउट गरे । ७२ बलमा उनले १ चौका र १ छक्का प्रहार गरे । १ रनलाई २ रन बनाउने चक्करमा धोनी गुप्टिलको डाइरेक्ट हिटबाट बच्न सकेनन् । त्यसै ओभरमा भुवनेश्वर कुमार पनि ४९ औं ओभरको अन्तिम बलमा बोल्ड हुन पुगे ।
५० औं ओभरको तेश्रो बलमा युझ्भेन्द्र चाहललाई विकेटकिपरबाट क्याच आउट गराए र न्युजिल्याण्डलाई खेल जिताए ।
४९.३ ओभरमा पुरै विकेट गुमाएर भारतले २२१ रन मात्रै बनाउन सक्यो ।
न्युजिल्याण्डको बलिंगमा म्याट हेनरीले ३ सर्वाधिक ३ विकेट (१०-१-३७-३) लिए भने मिचेल स्यांटनरले २ विकेट (१०-२-३४-२) लिए । ट्रेन्ट बोल्ट (१०-२-४२-२), लकी फर्गुसन (१०-०-४३-१) र जेम्स निशमले (७.३-०-४९-१) १/१ विकेट लिए ।
न्युजिल्याण्डको ब्याटिंग
यस अघि न्युजिल्याण्डले हिजो ४६.२ ओभरमा ५ विकेट गुमाएको अवस्थामा रिजर्भ डेमा इनिंग अघि बढाउदै ५० ओभरमा ८ विकेट गुमाएर २३९ रन बनाउन सक्यो ।
न्युजिल्याण्डको लागि रोस टेलरले सर्वाधिक ७४ (९० बलमा ३ चौका र १ छक्का) र कप्तान केन विलियमसनले ६७ रन (९५ बलमा ६ चौका) बनाए । भारतको लागि भुवनेश्वर कुमारले सर्वाधिक ३ विकेट (१०-१-४३-३) लिए भने जस्प्रित बुम्राह (१०-१-३९-१), हार्दिक पान्ड्या (१०-०-५५-१), रभिन्द्र जडेजा (१०-०-३४-१) र युझ्भेन्द्र चाहल (१०-०-६३-१) ले १/१ विकेट लिए ।
भारत लिग चरणमा समुह विजेता तथा न्युजिल्याण्ड चौथो स्थानमा रहँदै सेमीफाइनल पुगेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here