
बागलुङ, २२ बैशाख ।
बागलुङका दुर्गा विरहीले सार्वजनिक गरेको पातीले बारेको घर अहिले चर्चामा पुगेको छ । बैदेशिक रोजगारमा जाने युवाहरुको कथालाई समेटेर तयार पारिएको सो गीतले अहिले बजारमा चर्चा कमाएको छ ।
घरको आर्थिक अवस्था कमजोर भएपछि धन कमाउने उद्देश्यले विदेशिएको युवाले विदेशमा पाएको दुःख र अंगभङ्ग भएको बारेमा बनाइएको गीतले धेरैलाई रुवाएको छ । सर्जक विरहीको शब्द, संगित र स्वर रहेको उक्त गीतमा नेपालका चर्चित गायक गायिकाहरु खण्डक गर्बुजा र विमाकुमारी दुरा, देवि घर्ति सहित जितेन श्रीस, सुब्बा रानाभाट र इन्द्र गुरुङको कर्णप्रिय स्वर रहेको छ ।
आत्म विश्वास प्रा।लिले निर्माण गरेको भिडियोको निर्देशन विक्रम चौहान र गीतमा रमा थपलिया, सुरविर पण्डित, दुर्गा विरही, अञ्जली अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
भिडियो









