बैशाख १५ गते आजको राशिफल

आज २०७६ साल बैशाख १५ गते आइतवार,
तदअनुसार अप्रिल २८,२०१९
– ज्यो.प. नारायणप्रसाद दुलाल
तपाइको आज
मेष
लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । पारिवारिक सहयोग मिल्नेछ ।

वृष
शुभ समाचार सुन्न पाइनेछ । रमणीय र सुखद यात्राको योग छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।

मिथुन
अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ ।

कर्कट
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् ।

सिंह
जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । स्वादिष्ट भोजनपनि पाईनेछ ।

कन्या
रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ ।

तुला
दबाब र तनाव बढेको महसुस हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । पारिवारिक समस्या आइपर्ला । गरेको काममा ढिलासुस्ती हुनेछ ।

वृश्चिक
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । तिर्थाटनको योगछ ।

धनु
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । पारिवारिक सद्भाव बढ्नेछ ।

मकर
काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आकस्मिक धन लाभ हुनेछ ।

कुम्भ
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेममा मनमुटाव आउला । बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला ।

मीन
अकस्मात धन सम्पत्ति हात पर्नेछ । शुभकार्यको चर्चा चल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।

 

हाम्रो पात्रोबाट ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here