
बागलुङ, २३ चैत ।
गायक प्रकाश सपुत र गायिका प्रिति आलेको दोहोरी ब्याटल–२ टेन्डिङको टप ३ मा आएको छ । गायक सपुतको युट्युब च्यानलबाट अपलोड गरिएको २२ घण्टामा दोहोरी ब्याटल–२ टेन्डिङको तीन नम्बरमा उक्लिएको हो ।
ेगतबर्ष केहि विवाद र अत्याधिक चर्चा विच सवैको मन मुटुमा दोहोरी ब्याटल बस्न सफल भएपछि गायक सपुत र गायिका आलेले ब्याटलको दोस्रो भाग सार्वजनिक गरेका छन् ।
नेपाली गीत संगीतलाई माया गर्ने दर्शक तथा श्रोता हरु निकै पर्खि रहेको उक्त ब्याटल भाई दुई शुक्रवार राती सार्वजनिक गरिएको हो । नेपाली गीत संगीत क्षेत्रमा छुट्टै तरङ्ग पैदा गरे संगै नेपाली गीत संगीतको धारनै परिबर्तन गर्न सफल प्रकाश र प्रितीको उक्त ब्याटल दोहोरी को पहिलो भाग चर्चा परिचर्चा संगै निकै बिबादमा पनि तानिएको थियो ।
बिबादमा परे पनि उक्त गीतको चर्चा भने कम भयन अन्नत लाखौं दर्शक श्रोताको रोजाईमा परेको उक्त दोहोरी ब्याटलको दोश्रो भाग पनि सार्वजनिक हुन सफल भयो ।
गीत सार्वजनिक भयसंगै गीतले निकै सफलता पाउने देखिन्छ पहिलो भाग भन्दा अलि फरक शैलीमा तयार भयको उक्त दोहोरी ब्याटलका लेखक अनी संगीतकार गायक प्रकाश सपुत नै हुन् भने गीतको भिडियोमा पनि प्रकाश र गायिका आले पहिले भन्दा अलि फरक रुपमा देखिएका छन् । भिडियोलाई गायक प्रकाश सपुत आफैले निर्देशन गरेका हुन भने छायांकन किरण चैसीर र सम्पादन प्रबिन भट्टले गरेका हुन् ।
भिडियो









