बहुचर्चित गायक विष्णु खत्रिको डाँडा काँडाको गीतमा तुलविर थापाको दमदार अभिनय

काठमांडौ, १६ चैत्र ।
बहुचर्चित गायक विष्णु खत्रिको नयाँ सांगेतिकि कोशेली डाडा काडाको बोल गीतमा प्रदेशी मोडल तुलविर थापा मुख्य अभिनयमा देखिनुभएको छ ।
गायक खत्रिको शव्द संगित र आवाजमा रहेको छ । महिला आवाजमा भने चिनु घर्ति मगरले साथ दिनुभएको छ । गीतमा भनिएको छ ः
गाउको बाटो डोजरले खनेको
मायालुले भेट्न आउ भनेको
डाडा काडाको, गाउको बाटो छ डाडा काडाको
भेट्न जाउभने पाई छ टाढाको
गलकोटमा जन्मिएर विगत ८ वर्षदेखि जापानलाई कर्मथलो बनाउनु भएका मोडेल थापाले नेपाल आएको समयमा म्युजिक भिडियोमा अभिनय गर्नुभएको हो । चर्चित गायक विष्णु खत्रिको गीतमा आफुले अभियन गर्न पाउदा खुशी व्यक्त गर्दै थापाले अव समय मिलाएर नेपाली अन्य गीतहरुमा पनि आफुलाई मोडेलका रुपमा अगाडि बढ्ने बताउनुभएको छ । उहाँले यस अघि पनि केही नेपाली लोक तथा दोहोरी गीतमा अभिनय गरिसक्नुभएको छ ।
मरुभुमि नारायणको छायाँकन र रोशन धितालको सम्पादन सहित दिलिप रेग्मीको निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियोमा मोडेल थापालाई साया भण्डारीले साथ दिनुभएको छ ।
मैले यस भन्दा अगाडि अभिनय गरेको गीतहरुलाई दर्शकहरुले माया गर्नुभएको छ त्यसरी नै यो गीत लाई पनि माया गरि सुझाव, सल्लाह र प्रतिक्रिया दिनका लागि समेत मोडेल थापाले आग्रह गर्नुभएको छ ।
भिडियो लागिः

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here