पत्रकार महासंघ बागलुङले दुई दिवसीय कार्यक्रम सहित स्थापना दिवस मनाउने

बागलुङ, ११ चैत ।
नेपाल पत्रकार महासघ बागलुङ ६४औँ स्थापना दिसव दुई दिवसीय कार्यक्रम सहित मनाउने भएको छ ।
पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषको अध्यक्षतमा सोमबार सम्पन्न बसेको बैठकले चैत्र १६ गतेको स्थापना दिवस रचनात्मक कार्यक्रम गरी मनाउने निर्णय गरेको हो ।
दिवसको अवसरमा चैत्र १५ गते जोखिम, सङ्कट तथा कठिन अवस्थाको रिपोर्टिङ अनुभवको प्रस्तुतीकरण, १६ गते प्रभावफेरि सहित पत्रकारको स्वास्थ्य परीक्षण गर्ने निर्णय भएको सचिव राम थापा ‘अविरल’ले जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघको २०१२ चैत १६ गते (सन् १९५६ मार्च २९) भएको थियो । महासंघका संस्थापक सभापति पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराई हुनुहुन्छ ।
धौलागिरी अंचल अस्पतालको सहकार्यमा स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको सचिव थापाले बताउनुभयो । सो अवसरमा नेपाल पत्रकार महासंघ बागलुङले संचालन गरेको ‘हामी सबैको रहर, पत्रकार महासंघ बागलुङको घर’ अभियानलाई बागलुङ सेवा समाज दोहा कतारले आर्थिक सहयोग गरेको थियो ।
भुई तला सहित दुई तलाको काम सकेरसुविधा सम्पन्न सभाहल निर्माणको काम शुरु गरेको महासंघलाई समाजले १५ हजार रुपैयाँ प्रदान गरेको थियो । सहयोग रकम पत्रकार सन्तोष क्षत्री महासंघका अध्यक्ष दिल शिरीषलाई हस्तान्तरण गर्नुभएको थियो ।